Homeसमाचार'नेपालीपनको संरक्षण नै पर्यटकको आकर्षण'

‘नेपालीपनको संरक्षण नै पर्यटकको आकर्षण’

भद्रपुर । पोखरा महानगर प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्रकृति स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् ।
भद्रपुर—पोखरा सिधा हवाइ उडान सञ्चालन भएको अवसरमा भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवधद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै कारक भएको बताए ।
आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फष्टाउने बताउँदै तीन तहकै सरकारले समान महत्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्र महत्वपूर्ण हिस्सा हुने समेत प्रष्ट पारेका छन् । आचार्यले विदेशी पर्यटक नेपाल आउँदा भौतिक पूर्वाधार हेर्न नभएर नेपालको प्रकृतिको यथार्थ स्वरूप हेर्न आउने भन्दै जताभावी प्राकृतिक संरचना भत्काएर भौतिक पूर्वाधार बनाउनु नहुने उल्लेख गरे ।
कार्यक्रममा इलामको रोङ गाउँपालिका प्रमुख मनिकुमार सेङ्वो, झापाका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, विर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, कचनकवल गाउँपालिका प्रमुख कालेन्द्रप्रसादसिंह राजवंशी लगायतले धारणा राख्दै पर्यटकीय क्षेत्रसम्म पुग्ने आधारभूत संरचना निर्माणमा बजेट अभावले आसातित काम गर्न नसकेको दुखेसो पोखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी झापाका पत्रकारहरूले झापाका संभावित पर्यटकीय क्षेत्रमा सडक, पिउने पानी, यातायात जस्ता आधारभूत पूर्वाधारले छुन नसकेको तथा चन्द्रगढी विमान स्थलमा सञ्चालनमा रहेका ट्याक्सी व्यवसायीको सिण्डिकेटका कारण समेत पर्यटकले सास्ती व्यहोर्नु परेको गुनासो आउने गरेको भन्दै सरोकारवाला सचेत हुन सुझाव दिएका थिए भने पोखराका सञ्चारकर्मीले झापामा आधारभूत भौतिक पूर्वाधारका संरचना कमजोर देखिएको भन्दै सुधार गर्न स्थानीय सरकार लाग्ने हो भने पर्यटक आगमन पर्याप्त हुने धारणा राखेका थिए ।
भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा पोखरा महानगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष टिकाराज ढकाल, पर्यटन बोर्डका सदस्य मदन आचार्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राख्दै गण्डकी र कोशी प्रदेशले एक आपसमा पर्यटक आदान प्रदान गर्न सके समग्र देशको अर्थतन्त्रमा महत्वपूर्ण उपलब्धी प्राप्त हुने धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'नेपालीपनको संरक्षण नै पर्यटकको आकर्षण'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img