Homeसमाचारनेतासंग किवी उद्यमीको आस, घरेलु मदिरालाई ब्राण्ड दिलाउछन् की !

नेतासंग किवी उद्यमीको आस, घरेलु मदिरालाई ब्राण्ड दिलाउछन् की !

बिर्तामोड । आफ्नो उत्पादनले यति चर्चा पाउँछ भन्ने उनले सोचेकी थिइनन् रे । पाँचथरको मिक्लाजुङ–१ स्थित सनम फुलफूल प्रशोधन उद्योगद्वारा उत्पादित किवीको उत्पादनमा आगन्तुकको आकर्षण बढेसंगै उद्योग सञ्चालक जुनु लावतीले पनि आउने जति अधिकांसलाई स्वाद चखाएरै पठाइन् ।
बिर्तामोड उद्योग बाणिज्य संघले झापाको बिर्तामोडमा आयोजना गरेको बिर्तामोड अन्तराष्ट्रिय ब्यापार महोत्सव–२०७९ मा किवी फललाई प्रशोधन गरी ‘अफ सिजन’मा पनि किवीको विभिन्न परिकारमा स्वाद लिन सकिने गरी उत्पादित जाम, जुस, वाइनदेखि तीनपानेसम्म विक्रीका लागि राखेकी जुनुले भनिन्–‘पाहुनालाई स्वागत गर्ने हाम्रो संस्कार पनि हो’ भरसक सबैले चाखुन भन्ने नै हो ।’
आफ्नो उत्पादनलाई महोत्सवमा पहिलो पटक ल्याएको बताउने उनी महोत्सवमा सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिइन् । उनले भनिन्–‘विज्ञापन पनि भयो, स्वाद पनि चखाइयो र विक्री पनि भयो उनले थपिन् सोचेको भन्दा राम्रो भयो ।’ उनले थपिन्–‘जे सोचेर आएको थिए, सोचे भन्दा राम्रो भयो म खुशी छु ।’
घरेलु मदिराका रुपमा किवीको फ्लेवरमा तीनपाने रक्सीदेखि वाइन लगायत अन्य विभिन्न परिकार बनाएकी जुनुले स्वाद चाखेर जाने राजनीतिक नेता तथा ठूला उद्योगी व्यवसायीका नेतासंग आशा र अपेक्षा पनि राखेकी छन् ।


मेला समापनका दिन नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले स्टल अवलोकन गर्नुका साथै जुसको स्वाद लिएर बाहिरिएसंगै जुनुले नेतासंगको आशा व्यक्त गरिन्–देशमै चर्चा कमाएका नेताहरुले हेर्नु भएको छ, स्वाद लिनु भएको छ, आफ्नै गाउँ ठाउँको उत्पादनलाई ब्रान्ड दिनका लागि पहल गर्नुहुन्छ भन्ने लागेको छ ।’
देशमै चर्चा कमाएको नेता आए र हाम्रोे उत्पादन चाखेर गए, अब घरेलु मदिरालाई पनि ब्राण्डको मान्यता दिलाउनका लागि भूमिका खेल्छन् कि ! पाँचथरको मिक्लाजुङ–१ की जुनु लावतीले आफ्नो स्टलमा आएर स्वाद लिएर गएका नेताहरुमाथिको आशा र अपेक्षा यसरी व्यक्त गरिन् ।
महोत्सव–२०७९ को समापनसंगै आयोजक तथा उपस्थित शुभचिन्तकहरुले सनम फलफूल प्रशोधन उद्योगद्वारा उत्पादित स्टलमा पुर्याएका थिए । जहाँ किवी फल प्रशोधन गरी अफ सिजनमा पनि किवीको स्वाद लिन र उपभोग गर्ने÷गराउने उद्देश्यले उत्पादन गरिएका सामग्रीहरु विक्रीका लागि राखिएका थिए ।
शर्मालाई पनि जुनुले किवीबाट उत्पादित जुस, जाम र किवीकै तीनपाने रक्सीको स्वाद चखाउन खोजिन् । तर, तीनपाने र वाइनको स्वाद लिन नमानेका शर्माले जुस र जाम भने चाखे । स्टलमा राखिएका किवीका अन्य उत्पादन र खेतीबारे छोटोमा चासो राखे । उक्त स्टलमा त्यसअघि पनि पुगेका नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवेले जुनुको भनाईलाई थप जानकारी गराए ।
नेताहरुसंगै उक्त स्टलमा पुगेकी महिला नेतृ कविता शर्माले जुस र जामको स्वाद चाखेपछि किवीको अचार र जाम खरिद गरिन् । आफ्नै बारीमा फलाएको फलबाट विभिन्न परिकार बनाएर विक्री गरेको देख्दा खुशी लागेर अचार र जाम किनेको बताइन् ।
आफ्नै गाउँ ठाउँमा फलेको किवीको जुसको स्वाद चाखेकी कविता शर्माले भनिन्–एकदमै खुशी लाग्यो, जाम र जुस चाखे मिठो र राम्रो लाग्यो, त्यै भएर लगेपनि । उनले थपिन्–‘किवीको थुप्रै उत्पादन रछ, अचारदेखि वाइनसम्म । विदेशी वाइन खानुभन्दा स्वदेशी नै राम्रो, त्यसमा पनि आफ्नै गाउँ–ठाउँका दिदीबहिनीको कति मिठो बोली सुन्दै खाउँ खाउँ लाग्ने, मलाई त हेर्दै आनन्द आयोे ।’
सोही अवसरमा किवीको जुस चाखेकी अर्जुनधाराकी रञ्जिता कार्कीले अब स्वदेशी उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्ने बताइन् । नेपालबाट जुस र वाइनमा वर्षेनी ठूलो रकम बाहिरिने गरेको बताउँदै उनले भनिन्–‘नीति नियम बनाएर यहीको उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।’
२०६८ सालदेखि किवी खेती गर्दैं आएपनि किवीको उत्पादन बढेसंगै बजारको अभाव महशुस भएको लावतीले बताइन् । उनले भनिन्–‘२०७८ मा आइपुग्दा उत्पादन बढ्यो र बजारको पनि अभाव महशुस भयो ।’
अभावले उपाय पनि सिकाउँछ भने झैं जुनुको किवी खेतिमा पनि लागू भएको उनले बताइन् ।
किवी फलबाहेक किवीका अन्य परिकार उत्पादन नेपालकै पहिलो भएका दावी गर्दै जुनुले भनिन्–‘शायद मलाई लाग्दा किवीबाट बनेको जुस, जाम, वाइन, स्वायस जस्ता चिज चै यो पहिलो जस्तो लाग्छ । उनले थपिन्–‘अन्य फलफूलको बनेको होला, तर किवीको अन्य उत्पादन कही भए जस्तो लाग्दैन ।’
सुन्तला, आँपको जुस बनेको देखेपछि औषधीजन्य फलफूलको रुपमा रहेको किवीको पनि विभिन्न परिकार बनाएर बजारमा लैजान सक्यौ भने अफ सिजनमा पनि उपभोक्तालाई सेवा दिन सकिन्छ भन्ने लागेर त्यतातर्फ लागेको बताउँदै उनले भनिन्–‘यसरी लगियो भने आफ्नै बारीमा फलेको चिजको परिकार बनाएर लग्यौं भने हामीले आफ्नो सानो भएपनि परिचय दिन सक्छौं, केहीलाई रोजगारी दिन सकिन्छ र आम्दानी पनि गर्न सकिन्छ भनेर शुरु गरेका हौं ।
अहिलेसम्म काँहीबाट पनि केही सहयोग नपाएको बताउने लावतीले जिल्लास्थित घरेलु कार्यालयबाट तालिम पाएको बताइन् । हाल उनले सिजनमा २० देखि २५ जनालाई रोजगारी दिंदै आएकी उनले अफ सिजन (दैनिक) निरन्तर ८ जनालाई रोजगारी दिएको बताइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेतासंग किवी उद्यमीको आस, घरेलु मदिरालाई ब्राण्ड दिलाउछन् की !
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img