काठमाडौं । भोली हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । आफूहरुको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको शाहीले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

































































































