बिर्तामोड । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा चारपानेमा आयोजित एक कार्यक्रमका बक्ताहरुले महिलाका अधिकार कागजमा मात्रै सिमित नभएर व्यवहारिक रुपमा पनि लागू हुनुपर्ने बताएका छ्न ।
निर्जला हितैसी महिला बचत समूह बिर्तामोड–२ ले चारपानेमा आयोजना गरेको कार्यक्रमका सहभागी बक्ताहरुले कानुनमा उल्लेख भएका कतिपय अधिकार ब्यवहारमा कार्यान्वयन गर्न सरकार असफल भएको बताएका हुन ।
संस्थाका अध्यक्ष उर्मिला ढकाल पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिमला बस्नेत, निर्मला रिजाल, शुष्मा शाह, धनमाया सिटौला, उर्मिला श्रेष्ठ, कोपिला अधिकारी, लगायतले समान कामको समान ज्याला, ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर गरिएको महिला आन्दोलन ११३ औ बर्ष पुग्दा समेत ती मागहरु पूरा नहुनु दुखद रहेको बताएका थिए ।
सो अवसरमा शारीरिक रुपमा अपांग भएपनि ठुलो सघर्ष गरिरहेकी बिर्तामोड–२ निवासी सिमा के.सी. लाई सम्मान गरिएको थियो । स्थानीय विभिन्न सामाजिक संघ–सस्थामा सक्रिय महिलाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन चन्द्रकला भेट्वाल ढकालले गरेकी थिइन् ।
नारी दिवसमा महिलालाई सम्मान

































































































