HomeFeatured 2मिनिल्याण्ड स्कूलको १५ औं बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम

मिनिल्याण्ड स्कूलको १५ औं बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम

धाइजन । धाइजनस्थित मिनिल्याण्ड इङ्लिस स्कुलको १५ ओै बार्षिक उत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएकोछ ।
विद्यालयका संस्थापक प्रन्सिपल चन्द्रप्रकाश प्रसाईंको अध्यक्षता तथा मेचीनगर प्याब्सन अध्यक्ष डम्बर रूचालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक, आधुनिक तथा युगल गीतमा सामुहिक तथा एकल नृत्य प्रस्तुत गरेको कार्यक्रममा बालबालिकाहरुले चेतनामुलक नाटक, जोक्स लगायतका प्रस्तुत गरेका थिए ।
विद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले विद्यालय राम्रो र गुणस्तरिय शिक्षाका लागि अभिभावकले सक्रियता देखाउनु पर्ने बताए ।
कार्यक्रममा प्याब्सन मेचीनगरका सचिव नेत्र खतिवडा, देवकुल धरणीधर मैनाली, सनसाइन स्कूलका संस्थापक प्रिन्सिपल सुरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2मिनिल्याण्ड स्कूलको १५ औं बार्षिक उत्सवमा सांस्कृतिक कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img