Homeसमाचारताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई

ताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई

बिर्तामोड । ब्यापारिक दृष्टिले पूर्व र पश्चिमलाई जोड्ने विर्तामोड उद्योग बाणिज्य संघको उद्देश्यमा साथ दिए जुम्लाकी गंगादेवी राउत र ताप्लेजुङकी माया गुरूङले ।
जंगलको कालो सुनका रुपमा परिचित अलैंचीको सराबाट बनाइएका दैनिक प्रयोजनका सामग्री लिएर गुरुङ ताप्लेजुङबाट झापा झर्दा जुम्लाकी राउत जुम्लाको अग्र्यानिक उत्पादन (खाद्य सामग्री) लिएर बिर्तामोड आइन ।र व्यापार महोत्सवमा सहभागी भए ।


यसरी ताप्लेजुङ र जुम्लालाई ब्यापारसंग जोडेको महोत्सवमा झापाको भद्रपुरमा निर्माण गरिएका बाँसका सामग्री अनि धनकुटामा निर्माण गरिएको दारको ठेकीमा महोत्सवमा आउनेहरुको बेग्लै आकर्षण छ ।
देश–विदेशमा रुचाइएका यी स्वदेशी उत्पादनले धेरैको ध्यान खिचेको छ । ‘कुहिएर खेर जाने अलैंचीको सरा (पत्ता) बाट पनि यति राम्रो सामान बन्दोरहेछ थाहै थिएन्’–ताप्लेजुङमै लामो समय बिताएर झापा झरेकी सुनिता विमलीले भनिन् ।कुहिएर जाने पत्ताको उपयोग गरेर निर्माण गरेका अलैंचीको सराको सामग्री हेर्दै भनिन्–यस्ता कामलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्ने हो ।उनले भनिन्–‘जति सामग्री बन्छन्–प्रतिगोटा हिसाब गरेर अनुदान दिनुपर्ने हो, उनले थपिन्–‘नेतालाई कुर्सीमात्रै चाहिएको छ, मौलिकतालाई प्रोत्साहन कसले गर्ने ।’
आफूले निर्माण गरेका सामग्रीका बारेमा अरुलाई जानकारी दिन पाउँदा छुट्टै गर्व लाग्ने बताउँछिन् ।स्वदेशमा भन्दा विदेशमा बढी मन पराउने उनको उत्पादनले मेलामा निकै राम्रो फिडब्याक पाएको बताउँछिन् ।सामग्री बनाउने सीपका बारेमा बुझ्नेदेखि सौखका लागि खरिद गर्नेसम्मका भिजिटर पाएको बताउँदै मायाले भनिन्–‘खुशी लागेर आउँछ आफूले जानको कुरा अरुलाई पनि सुनाउन पाउँदा ।’


जुम्लाको पत्रासी गाउँपालिका स्थायी घर भएकी गंगादेवी १८ वर्षदेखि काठमाडौंमा व्यापार गर्छिन् ।बिर्तामोड महोत्सवमा पहिलो पटक सहभागि भएकी गंगाले यो महोत्सवमा केही समय अघि विराटनगरमा सम्पन्न महोत्सवमा भाग लिएकी थिइन् ।झापाको बजार नबुझेका कारण विराटनगरमा आयोजित मेलामा स्टक रहेको सामग्री मात्रै लिएर बिर्तामोड महोत्सवमा आएकी उनलाई बीचैमा सामान सकिएपछि अलमलमा परेको बताइन् ।शुरु शुरुमा व्यापार नभएपनि पछिल्ला दिनमा एकैचोटी सामान सकियो मेला सकिन तीनदिन अघि नै मोटामोटी सामान सकिएको बताउँनै गंगादेवीले भनिन्–‘उहाँबाट सामान ल्याइन, अस्ती विराटनगरको मेलामा स्टक रहेको सामान केरियरमा हालेर आएको थप्नुपर्ने रैछ अब मगाउँदा पनि आइपुग्दैन् गल्ती गरिएछ ।’
जुम्लाकी गंगाले ल्याएको स्याउको स्वाद चाखेपछि बिर्तामोडकी गंगा लुईटेलले जुम्ली स्याउको फ्यान भएको बताउछिन् ।असाध्यै मिठो रहेछ उनले भनिन्– फुजीको स्थाउ भन्दा ५० रुपैयाँ महंगो पर्ला जुम्लाकै स्याउ खानु राम्रो म त फ्यान नै भए ।’ एक त स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ ।’ एक रुपैयाँमा चिया बेचेको सुनेकी उनले उक्त चियाको स्वाद लिएपछि प्रोत्साहन गर्न मन लाग्यो रे । एक रुपैयाँमा के आउँछ र ? उनले भनिन्–मेरो घरमा खानका लागि आफन्तबाट प्रशस्तै चिया आउँछ, तर पनि दुई प्याकेट लगें आवश्यकता भएर होइन् उनले थपिन उनीहरुलाई उत्प्रेरणा मिलोस् भनेर ।’


महोत्सव स्थलमा भेटिएकी अजिशा लिम्बूले घरेलु मदिरा (लोकल वाइन र रक्सी) तथा हस्तकलाका सामग्री बढी मन परेको बताइन ।महोत्सवस्थलमा पहिलो पटक पुगेकी भएको अजिशाले भनिन् – थारु समुदायको मौलिक खानाका परिकार, विभिन्न जात जातिका सांस्कृतिक कार्यक्रम महोत्सवको आकर्षण लाग्यो ।यसले हाम्रो संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन दुवै हुनेमा म विश्वस्त छु ।अझ महिला दिदी बहिनीहरुले आफ्नै हातले सेल रोटी बनाएर बिक्री गरेको देख्दा र खाँदा बेग्लै आनन्द लाग्यो ।
महोत्सवमा राखिएका स्टल मध्ये भद्रपुर –८ का निर्मल शाक्यको हस्तकलाको स्टलले धेरैको मन खिचेको छ ।नखिचोस् पनि किन ( खेर जाने बाँसका जराबाट शाक्यले कलात्मक बुट्टा भर्दै चराचुरुङ्गीदेखि विभिन्न देवी देवताको दुरुस्तै आकृति उतार्नु भएको छ ।बाँसका जराबाट निर्मित सामग्रीमा दतार हात्तिको दाह्रादेखि बाज र डल्फिनसम्म दुरुस्तै छन् ।
महोत्सव अवलोकनका लागि आएकी पवित्रा लिम्बूले आफूले पहिलो पटक बाँसको जराबाट तयार पारिएको यस्तो सामग्री देखेको बताइन् ।उनले भनिन्(‘हामी त बाँसका जरा बाल्थ्यौं तर यस्ता राम्रा सामग्री बन्दा रहेछ ।’ उनले थपिन्(खेर जाने जराको काम कति धेरै हुँदो रहेछ आज प्रत्यक्ष देखियो ।’
शाक्यले बाँसको जराबाट मात्र होइन काठको प्रयोग गर्दै विभिन्न बस्तुको आकृति दुरुस्तै उतारेर महोत्सव स्थलमा राखेका छन् ।कतिपयले कछुवा, डल्फिन, माछा जस्ता हस्तकालाका सामग्री लिएर जाने गरेका छन् भने कतिपयले बाज, गणेश, बाँदर जस्ता हस्तकलाका सामग्री लाने गरेका छन् ।बाँसको जरा सहित निम, टिक, गमारी, खमारीको काठ प्रयोग गर्दै शाक्यले बनाएका हस्तकलाका सामग्रीले धेरैको मन लोभ्याएको कनकाई नगरपालिका ८ निवासी शिशिर भट्टराईले बताए । ।उनले भने(‘बाँसको जराबाट बनाएका सामग्री जति हे¥यो उति राम्रा देखिन्छन् ।’


त्यसो त धनकुटादेखि महोत्सवमा दारका ठेकी देख्दा शिला ढकाललाई किनुँ किनुँ लाथ्यो रे । महोत्सवमा विक्रीका लागि राखेको एकमाने ठेकीको मूल्य आठसय भनेपछि त्यसको दाम घटाउन पनि निकै सानसिकान लगाउनु परेको बताइन । उनले भनिन्–आठसय भन्दै थ्यो बल्ल–बल्ल फुक्र्याएर साढे छसयमा लिएँ ।धनकुटाबाट विक्रीका लागि महोत्सवस्थलमा दारको ठेकी, हर्पे, तोङ्वाका भाँडा लगायतका काष्ठ निर्मित सामग्री ल्याइएको बताइएको छ ।
यसबाट के स्पष्ट हुन्छ भने नेपालीहरुको मन स्वदेशी उत्पादनतर्फ खिचिएको छ ।यो अत्यन्तै खुशीको कुरा हो । महोत्सव आयोजक संस्थाका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । उनले भने–‘व्यापार व्यवसाय नचलेर निराश भएका व्यापारी उत्साह जगाउने थियो, मनोरञ्जनसंगै बजारलाई चलायमान गराउनु थियो । हामीले त्यो गरिरहेका छौं ।’
मेला संयोजक राजु न्यौपानेले व्यापारीक महोत्सवमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापारीहरु जोडिएका छन्–यो नै महत्वपूर्ण कुरा हो । फागुन ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुईसय बढी व्यापारिक स्टल, खेल तमासा साथै सांगितीक कार्यक्रम प्रस्तुती रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारताप्लेजुङको अलैंची र जुम्लाको स्याउले जोड्यो पूर्व र पश्चिमको ब्यापारलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img