Homeसमाचारलाेक्ता पकाउने ड्रम पड्किंदा एककाे मृत्यु, दुई घाइते

लाेक्ता पकाउने ड्रम पड्किंदा एककाे मृत्यु, दुई घाइते

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एक मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । सो घटनामा घाइते भई उपचारार्थ मेची प्रादेशिक अस्पताल लगिएका सरोज सुन्दासको मृत्यु भएको हो ।

मृतक सुन्दास सो उद्योगमा लोक्ता पकाउने प्राविधिकका रुपमा कार्यरत थिए । घटनामा घाइते भएका अन्य तीनजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

मृतक सुन्दास खोटाङको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ घर भएका १९ वर्षीय युवा हुन् । खरेलका दाजु लक्ष्मीप्रसाद खरेलकाे बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेकाे पारिवारिक स्राेतले जनाएकाे छ ।
आमा भिमा देवी खरेलको अवस्था सामान्य रहेको वडाध्यक्ष कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलाेक्ता पकाउने ड्रम पड्किंदा एककाे मृत्यु, दुई घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img