झापा । सहकारी संस्थाहरु प्रति अभियानका नाममा धावा बोलेको भन्दै झापाका सहकारीकर्मीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
राज्यको नियम मानेर सञ्चालित सहकारीहरु विरुद्ध धावा बोल्नु र राज्यको उपस्थितिलाई नै नकार्ने गरी अभिव्यक्ति आउनु दु:खद् रहेको भन्दै सहकारी अभियानका तर्फबाट तीन बुँदे ध्यानाकर्षण पत्र सभामुख घिमिरेलाई बुझाइएका हाे ।
अभियानकर्मी महेन्द्र कुमार गिरीले सभामुख घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अभिानका नाममा सहकरी क्षेत्रमाथि बोलिदै आएका धावा नियन्त्रण गर्न माग गरे ।
तीन वुँदे ध्यानाकर्षण पत्रमा सहकारी संस्थामा सदस्यहरुले निक्षेत तथा बचतमा २५ लाख मात्र राख्न पाउने सहकारी ऐन २०७४ को दफा ५२ मा गरिएको व्यवस्था संशोधन गर्न लागिएको भन्दै सच्याउन माग गरिएको छ । त्यस्तै सहकारी संस्थाको नियमन राष्ट्र बैकले गर्नुको सट्टा सेकेण्ड टायर इन्टिच्यूट मार्फत नियमन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
सहकारी अभियानकर्मीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले बैंक र वित्तीय क्षेत्रको नियमनका लागि नयाँ विधेयक संसदमा छलफलको क्रममा रहको बताउँदै अभियानकर्मीले बुझाएको ध्यानकर्षणका बुँदापनि समेटिने धारणा राखे ।
सहकारी संस्थाप्रति धावा बाेलेकाे भन्दै सहकारीकर्मीद्वारा सभामुखकाे ध्यानाकर्षण

































































































