HomeFeatured 2बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा, उद्घाटन सभामुखले गर्ने

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा, उद्घाटन सभामुखले गर्ने

झापा । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आगामी फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन शुक्रवार सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
विहीवार अपरान्ह महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सव बिर्तामोड नगरपालिका–२ रामचौकस्थित पूर्वपश्चिम राजर्मागको उत्तरमा सञ्चालन हुँदैछ ।
सभामुख घिमिरेसंगै उपसभामुख इन्दिरा राना मगर, झापा क्षेत्र नम्वर २ का सांसद्, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उपस्थितिमा महोत्सव उद्घाटन हुने बताइएको छ । महोत्सव ११ दिनसम्म सञ्चालन हुने छ ।
प्रदेश १ कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत सुगम स्थल रहेको र यहाँको उत्पादनलाई भारत लगायतका विभिन्न मुलुकमा निर्यातका लागि पहिचान गराउने उद्देश्यले महोत्सवमा प्रर्दशनी गरिने बताइएको छ ।
महोत्सवमा २०० सय वटा स्टल रहने छन् । महोत्सवमा अन्तराष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक, प्रर्दशनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागीता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । महोत्सवलाई सभ्य र भब्य बनाउन सबै तयारी पूरा भई सकेको पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले बताउनुभयो ।
महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने र झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवहर हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक न्यौपानेले बताउनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रले आर्थिक क्षेत्रलाई चलायमान बनाउन अहम भूमिका निर्वाह गर्ने बताउनुभयो ।
महोत्सवलाई मुलत चार भागमा विभाजन गरिएको र रहेक दिन मनोरञ्जनका लागि साङ्गितिक र संस्कृतिक कार्यक्रम समेत गरिने संयोजक न्यौपानेको भनाईछ । पूर्वमा सञ्चालित ठूला तथा मझौला उद्योगले समेत यो क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोडका उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी पूरा, उद्घाटन सभामुखले गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img