झापा । नेपाल रेडक्रस सोसाइटी, झापाको सभापतिमा लोकराज ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । मानवीय सेवामा समर्पित रेडक्रस झापामा ढकाल चौथो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
नयाँ नेतृत्वका लागि आज निर्धारित गरेको मनोनयन दर्ताका क्रममा शाखा सभापतिका लागि ढकालको एकल उम्मेद्वारी परेसंगै उहाँ निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत हरिशरण खड्काले जानकारी दिनुभयो ।
शाखाको उपसभापतिमा मित्रदेव काफ्ले र मञ्जु सिटौला पोखरेल, मन्त्रीमा चन्द्रप्रसाद चुडाल, कोषाध्यक्षमा ओमप्रकाश गौतम तथा उपमन्त्रीद्वयमा प्रकाशचन्द्र खरेल र हेम खड्का निर्विरोध निर्वाचित भएका छन् ।
रेडक्रसको पदाधिकारी निर्विरोध निर्वाचित भएपनि सदस्यहरुमा भने आवश्यक संख्या भन्दा दोब्बर बढीको उम्मेद्वारी परेको खड्काले बताउनु भयो । उहाँका अनुसार ७ जना सदस्य पदका लागि १६ जनाले मनोनयन दर्ता गरेका छन् ।
रेडक्रस झापाको अध्यक्षमा पुनः लोकराज, पदाधिकारी निर्विरोध निर्वाचित

































































































