Homeसमाचारबिर्तामोड रेखा खोलामा पुल निर्माण

बिर्तामोड रेखा खोलामा पुल निर्माण

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँँको लागतमा पुल निमार्ण भएको हो ।
९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन.के कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा न. ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरलले अगुगमन गरेका छन् ।
वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताए । उनले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौ देखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताएका छन् ।
बिर्तामोड नगरपालिका क्षेत्र भित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आएका छन् । ठेकेदारको ढिलासुस्तीका कारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्नका लागि खबरदारी गर्दै आएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड रेखा खोलामा पुल निर्माण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img