मिठा मिठा चाहानाका थैलीहरु मन भित्रैकहिलै नफुस्कने गरि गाठो कसेर राखेकी रमा संग बृद्धअवस्थाका बाआमाको दुखाईलाई बिशेक पार्ने ओखतीको तर्जुमा गर्न ध्याउन्न हुन्छ । हिजो हाम्रै उज्जवल भविष्यको निर्माण गर्न बाह्रहाते पटुकीले पेट कसीकसी फाटेको टोपीले गरिबीको स्वभिमानलाई ढाक्दै पाखुरीको ताकतले हलो कोदालोसंग लड्दै बुढेउलीसंगै दमको रोगले थलिनु भएका सासु आमा र ससुरा बा जति भोक लाग्छ उति नै पटुकी कसेर पापी पेटलाई भोकको महसुस हुनै दिदैन थिए । बरू सार्है घाँटी सुक्यो भने शिरमा बाँधेको गम्छा निचोर्दा निस्कीएको नुनिलो पानिले घाँटी भिजाएर मात्र सन्तानको भोक निन्द्रासँगै उज्वल भविष्यको सपना देख्ने गर्थे । यसैगरी दर्जनौ सन्तान हुर्काएकी रमाकी सासुआमा पनि आज ओछ्यानमा थलिनु भएको छ । जिवनको त्यो अन्तिम घडीमा पनि छोराछोरीलाई ऋणको बोझपर्छ भनेर भरसक आफ्नो दुखाइ लुकाउन जवानीमा भोक लुकाउन कम्मर कस्ने पटुको सहाराले रोगलाइ पनि लुकाउन खोज्नु हुन्छ ।
जसो तसो परिवारको गर्जो टर्दै थियोे परिवर्तनशिल सामाजिक परिभेष र आधुनिक जीवन शैली संगै समाजमा भित्रीएको संस्कारलाई उछिन्दै आएको बिक्रितीले हामी जस्ता गरिबपरिवारका छोराछोरीहरुको असिम चाहानाहरुको नमिठो चड्कन बर्सिदोरहेछ गह भरि आँसु पार्दै लामो सुस्केरामा रमा पीडा पोख्दै जान्छिन आवस्यकता ले थिचेको मस्तिष्क गुण्ठाले भरिएको उनको मनबाट निस्किएका कारुणीक आवाजले मेरो मन पनि गाठो पर्न खोज्छ उनका कारुणी वेदनाले भरिएका शब्द सुन्दैगर्दा म कुनै बियोगान्त चलचित्र हेरेर आँसु बहाउदैछु।
उनी भन्छि म खालिहात बसिन दिदी सानू नुनतेलको पसलसंगै टेलरिङ्ग पेसा चलाउदै थिए त्यसको कमाईले अनावश्यक त कुरै छाडौ अतिआवश्कताको प्वालहरु पनि टाल्न छाड्यो । गरिबीको चरम पिडालाई घटाउन पतिदेवले परदेशिनुको बिकल्प थिएन ।
मदनले ल्हसा गएर धेरै धन कमाएर ल्याएसी साहु महाजनसंग भएको ऋणको बोझ घटाएर बरु ढिडो सिस्नुसंगै बसेर खाने आसमा बसेकी मुना झै मैले पनि पुनः साहुसंग ऋण लिएर धेरै धन कमाउने सपनाको बुलन्द महल बनाउदै मेरो मदनलाई साउदी अरब पठाए । अस्ताउन लागेका घाम झैँ बा आमा, स साना छोरा छोरी, मुना जस्ती प्रिय मलाई छाडेर परदेशिन बिवश वाहालाई बिदाई हात हल्लाउँदै आसुका फुलहरुलाई परेलीमा उनेर कुण्ठित मनलाई ओठका मुस्कानले जितेर हजुर यहाँको चिन्ता नलिनुस है आफ्नो राम्रो ख्याल गरेर काम गर्नुस यहाँ त म छरु र छोरीका लागि अभिभावकको बलियो खम्बा बन्नेछु बा आमाका लागी साँच्चिकै श्रवण कुमार बनेर काँधमा बोक्न त नसकौला तर माया र सेवा चै श्रवणले भन्दा कम दिने छैन । बोल्दाबोल्दै उहाँको गाडी आयो बिछोडको पीडा दुख्यो । अनि ऋणको बोझले च्वास्स घोच्यो मौनतामा बिदाईको हात हल्लाउँदै घर फर्किए ।
समय बित्तै गयो बा आमाको पनि शरीर सिथिल हुँदै गयो हिजो पनि हामी अभावमा नै छाक टार्दै आएका हौ भोलि सम्मपन्न भएर टन्न पेट भर्ने आशमा आज पनि अभावकै गाँसले आधा पेटमा हातमुख चुठ्दैछौ । गरिबी र अभाबको खाडलमा भए पनि एउटै छानामुनि सपरिवार अटाएका थियौ हरेक बर्षमा आउने चाडपर्वले हर्ष उल्लास लिएर आउथ्यो एक अर्कोको चासो र चर्चा हुदैन थियोे फारु गरे चलेको थियोे तिनै पर्वहरु घुमिफिरी आउदा किन पीडा दिन्छ दिन्छ पत्तै पाउदिन । सुस्केरा संगै परेला भिजाउै बोल्छिन ।
हुर्केको छोरा भविष्यको आशा जनयुद्धको गोलिले सडकमा ढलेको खबर संगै बर्षदिन भित्रमा बा आमाले संसार छाडेर जानू भयो मेरो आसा मरे मनि आट भरोसा परदेशीसंग जोडिएको थियोे । साथमा हुर्केकी छोरी थिई बाठी छे दाइ बितेको बियोगलाई भुलाउन मलाई हसाउथी बाबा घर फर्केर आएसी हजुरहरुलाई साथै राखेर मपनि धेरै पैसा कमाउछु हजुरहरुलाई सुख दिन्छु भन्थी छोरीको कुरा गर्दागर्दै रमा बेहोस भै ढल्छिन । रमाको हालत देखेर उसलाई छाडेर भागौकी साथै बसौ म आफै आतिए । हार गुहार गरेर पानी छम्किएर होसमा ल्याए । रमाले आँखा खोली र बरबराउन थाली “बलत्कारीलाई फाँसिदे’ छोरीको कुरा गर्दा गर्दै ढलेकी एक्कासी बलत्कारीको कुरा सुन्दा म अच्मवित भए । त्यो भिडबाट रमालाई चिन्ने मान्छेले रमातिर औल्याउदै बिचरा यो बैनिलाइ कति धेरै चोटैचोट छ बर्षदिन भाकै छैन । उनकी छोरीलाई धनी परिवारको केटाले जबरजस्ती करणी गरी ज्यानै लिएछ । ज्यानमारा नेताको हातको मान्छेरहेछ । बिचरी यिनले छोरीको लास पनि हेर्न नपाई केस ढिसमिस पारे । नेपालको कानुनमा गरिबको केहि लाग्दैन । रमा बर्बराई रहन्छे ।
हिन्दुहरुको महान पर्व बडादशैले ढपक्कै ढाकेको छ । हुने खानेहरुका लागि उल्लास लिएर आएको छ । हँुदा खानेहरुलाई ऐठन भएर आएकोछ । महाअष्ठमीको दिन मलाई अलि हतार थियोे । चोकमा मानिसहरुको भिडभाड चहलपहल धेरै देखिन्थ्यो रमालाई चिन्नेहरुले गुणगान र बिलौना गाउनेहरुको जमात बढी रहेको थियोे । त्यही भिडबाट अर्को कारुणिक समाचार आउँछ । उहीँ अभागी रमाको धन कमाउन भनेर परदेश गएका मदनले धन कमाएर आउछ र ऋणको बोझ घटाउलान् भन्ने । तर आसामा बसेकी रमाको सिन्दुर पुछिएको खबर आयो मदन बाकसमै भरिएर अब साहु महाजनको आँखाबाट नामर्दको पहिचान बाट टाढा भयो । खै कस्तो लेखान्त थियो कुन्नि ! बेहोस भएर ढलेकी रमा ओठ चलिरहेका थिए । त्यो भिडमा कठैबरा कति अभागिनी रहीछ छोरा मर्यो, सासु–ससुरा मरेर गए बिचराकी छोरी अपराधीहरुले बेपत्ता बनाए उ मुर्दा भएर ढलेकी छे हेर कठै धन कमाउन गएको लोग्ने बाकसमा भरिएको छ त्यो लास जिम्मा लिने आाफन्त कोही नरहने भए यस्तै यस्तै बिलौना र सहानुभूति चलिरहेको थियो । रमाको मुखबाट नबुझिने आवाज निक्लियो आँखा बा आँसु बहयौ । ए बहिनी आँखा खोलन । उनी मरणासन्न बनेर ढलेकी थिइन । घरमा लठिबध्र काम छोडेर समान किन्न हिंडेकी म रमाको सेवा गर्न पाएँ । अघिको भिड बिस्तारै आ आफ्नो हतारोमा छुट्यो बिचरा ज्यँुदो मूर्दा रमा र म मात्रै बाँकी रह््यौ। पाँच दिनको टीका र आउने जाने आफन्त भन्दा उनकै महत्व लाग्यो । रमालाई अस्पताल लगेर होसमा ल्याउन सकेभने बाँकी काम कुरा जे होला आँट गरेर अट्टोमा राखेर नजिकैको अस्पताल लगे अस्पतालको बसाई बाह्रदिन सम्म पुग्दासम्म रमाको न त होस खुल्यो न त प्राण उड्यो । डाक्टरले हार मान्दै अब घर लाने सल्लाह दिए । ढुकढुकी मात्रै बाँकी रमालाइ लिएर घर आए । उनको दशदान बैतरणी सके जति र जाने जति सबै गराए । तर पनि होस खुलेन उनको लेखान्तको साईत कहिले सम्मको थियो उनको भाग्य कोरीदिने भाबीलाई मात्र थाहा होला । परिवारले म प्रति गरेको असहयोग र रमाको आँखाबाट झरेका आँसु हेर्छु उस्लाई माया मार्न सक्दिन । मनमा पनि कस्तो–कस्तो ख्याल आउँदो रहेछ उसका आँखाबाट झरेका आँशुमा न छाया छ,न शब्द छ न त ओजन छ न त कुनै रङ्ग छ । कतै चाखेर पो पत्ता लाउन सक्छु की भन्ने लाग्यो आँसु नुनिलो थियो । एकैक्षण सबै भुलेर मनमा उल्लास भरेर हर्षका आँसु झारे त्यो पनि नुनिलै थियोे आखिर पीडामा झर्ने र खुसिमा झर्ने आँशुको मुल्य कसरी छुट्याउने होला ? धरि बिवसतामा टोलाउदै घरघरि निरासामा हराउदै रमाको साथ छोड्न सकिन बर्षदिनको महान पर्व तिहारमा सबै तिर खुसियाली लिएर आएको छ मेरो वरिपरि पनि खुसी धुमी रहेकोछ तर रमाउनचै सक्दिन। आज लक्ष्मी पुजाको दिन कसरी बित्यो पत्तै पाईन । साझ पर्यो सबैतिर झिलीमिली छाएता पनि म भित्र बाटै अध्यारो छु । मेरो मनलाई चिरेर खुसिका जुनताराहरु उदाउन सकेन्न । रमाको आशुको रङ्ग बदलिए झर्न थाल्यो एकाएक त्यहा आँसु रुपि रगतको पोखरी जम्यो । उसकोे त्यो बेहालमा शायद म चिच्याएछु क्यार ! त्यहाँ परिवार छरछिमेक एकाएक भेला भए । हिजो बेवारिसे झै बनेको उसलाई कठैबरा भन्ने फुर्सद नहुने आफुलाई अजम्मरी ठान्ने मानिसहरुको भिडसगै मेरो परिवारको पनि साथ मिल्यो । म प्रति घृणा गर्न बाँकी केही कसर रहेन । आखिर मैले निस्वार्थ हेरचाह गरेकी थिए यदि कसैको साथ नपाए पनि उस्को अन्त्येष्ठी एक्लै गर्न सक्छु भन्ने आट लिएर बसे…..।
अभागी रमा

































































































