झापा / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले हिजो देखेका बिकासका सपना बिपनामा परिणत भएको दावी गरेका छन् ।
बिहीबार आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्तासँगको भेटघाटका अवसरमा अध्यक्ष ओलीले यस्तो बिचार व्यक्त गरेका हुन् । हिजो आमसभामा गाउँ जाँदा गाडीमा नै फरुवा कोदालोसँगै लिएर जानुपर्ने अवस्था थियो ओलीले थपे–‘अहिले देशैभरी बिकासले फड्को मारेको छ ।’
एमालेको नेतृत्वमाभएको सरकारले तीनबर्षको आफ्नो कार्यकालमा बिकास के हो भन्ने कुरा गाउँगाउसम्म प्रमाणित हुने गरि पुगेको अध्यक्ष ओलीको दावी थियो । त्यति वेला यो ठाउमा पक्कीपुल सडक निर्माण हाम्रो पालमा हुन्छ र भनेर सपना देखेका जनताकालागिअहिले बिकास बिपना जस्तै भएको छ अध्यक्ष ओलीले भने–‘गृह जिल्लाको आफ्नै निर्वाचन क्षेत्रका कार्यकर्ता र स्थानीयलाई सम्बोधन गर्दै इच्छाशक्ति र अठोट भए देश बनाउन र विकास गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको बताए ।
आफू नेतृत्वको पार्टीले बिकास योजना र कार्यक्रम कसरी अघि बढाउने भन्ने प्रतिवद्धता पत्र आगामी १५ गतेसम्ममा जनता समक्ष ल्याउने जानकारी दिए । उहाँले देशभर भूकम्प पीडितका सातलाख बढी पक्की घर बनाएर जनतालाई सुरक्षित घरमा राख्न सफल भयो । हजारौं सरकारी भवन, सेनाको प्रधान कार्यालय देखि लिएर ठूलाठूला संरचना निर्माण गरिएका छन् । अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स समेत निर्माण गरिए ।
आफूले सरकारको नेतृत्व गर्न पाउनेवित्तिकै नयाँ ढंगले देशमा विकासको लहर र तरंग सृजना गरेको बताए ।
बिजुली, टेलिफोन, पक्की बाटो, पक्की पुल जनताको सपना रहेको भन्दै उहाँले ती सबै सपनाविपनामा परिणत भएको स्मरण गराए ।
एमालेको उद्देश्य देश बनाएको दावी गर्दै हिमाल, चट्टान, हिमताल, नदीनाला, बोटबिरुवा, जडिबुटी सबै थोक भएको देश नेपाललाई बनाउने अभियानमा एमाले लाग्ने बताए । अध्यक्ष ओलीले बिहीबार झापाको दमक नगरपालिका ३ स्थित आमचौक र कमल गाउँपालिकाको केर्खा बजारमा भएका दुइवटा कार्यक्रममा कार्यकर्ता तथा स्थानीय बासिन्दालाई सम्बोधन गरेका थिए ।
एमालेको प्रतिवद्धता पत्र आगामी १५ गतेसम्ममा जनता समक्ष आउने

































































































