Homeसमाचारमंसिर ४ को निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई–शिवाकोटी

मंसिर ४ को निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई–शिवाकोटी

विर्तामोड ३ कात्तिक । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन प्रचार–प्रसार मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटीले अहिलेको चुनाव अग्रगमन र पश्चगमनकारीबीचको लडाइ भएको बताएका छन् ।
‘अहिलेको निर्वाचनको मुख्य सवाल अग्रगमनतिर जाने कि पश्चगमनतिर ! जाने भन्ने हो’– शिवाकोटीले भन्नुभयो–‘के पी ओलीले राजा र राजतन्त्रबादीसँग मिलेर जन आन्दोलनका उपलब्धी मास्ने षडयन्त्र गरिरहेकोतर्फ सचेत भएर मत दिन जरुरी छ ।’


नेपाली कांग्रेससहित गठबन्धन दलको विर्तामोड ५ नं वडा निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न निर्वाचन विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता शिवाकोटीले ‘हाम्रो उम्मेदवार छैन किन भोट हाल्ने ?’ भन्ने हल्ला र भ्रम विपक्षीहरुले फिजाइरहेको बताउँदै यसका पछि नलाग्न गठबन्धनका कार्यकर्तालाई आग्रह समेत गरे । सबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै उहाँले राजनीतिक दल र गठबन्धनका एक–एक सांसदको भूमिका सरकार गठनमा महत्वपूर्ण रहने बताए ।
संविधानसभा सदस्य समेत रहेर संसदीय अभ्यासको अनुभव गरिसकेका नेता शिवाकोटीले संसदमा सभामुखसँग बसेर संसदीय अभ्यास, संसदमा बोल्ने समय, संसद सञ्चालनका बिसयमा नीति नियम बनाउन राजनीतिक दलबाट जितेर गएका सांसदको मात्रै भूमिका रहने उल्लेख गर्दै संसदीय अभ्यासमा स्वतन्त्र सांसद्को खासै भूमिका नहुने समेत स्पष्ट पार्दै गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको बताए ।
कार्यक्रममा झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सांसदका प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले पछिल्लो समय एमालेले प्रतिक्रियावादी र निरंकुश राजतन्त्रको पक्षपोषण गरिरहेको बताउँदै भने–‘निरंकुशताकै पक्षपोषण गर्नु थियो भने राजतन्त्र किन ढाल्नु परेको थियो ? के नेपाली जनता अब पनि दास बन्न सक्छन् ?’
कुण्ठा र प्रतिशोधलाई सडकमा पोख्ने होइन मतबाट परास्त गर्नुपर्ने धारणा राख्दै उम्मेद्वार रानाले राजनीतिक इमान्दारिता र नैतिकता प्रदर्शन गरेर सबै दलले प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमममा झापा क्षेत्र नं–२, प्रदेशसभा १ का प्रत्यासी उम्मेद्वार पुष्प पोखरेलले गठबन्धन दलले मात्रै देश र जनताको समुन्नतिका लागि कार्य गर्न सक्ने बताउँदै राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको धारणा राखे । निरंकुशता र पश्चगमनकारी शक्तिलाई जनमतबाट परास्त गरेर अग्रगामी शक्तिलाई चुनाव जिताउने दायित्व जनताको काँधमा आएको उम्मेद्वार पोखरेलको भनाई थियो । नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समितिका सभापति दीपक मेनेङ्बोको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमंसिर ४ को निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई–शिवाकोटी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img