भद्रपुर ३ असोज । झापाको भद्रपुरमा भौतिक शास्त्र सिद्धान्तका प्रतितपादक २ जना पूर्व विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमकाबीच सम्मान सहित बधाई ज्ञापन गरेका छ ।
भद्रपुर ५ स्थित सिद्धार्थ शिशु सदन घोडामारले आफना पूर्व विद्यार्थीद्वय आरिफ अलि र दिव्यराज सापकोटालाई विद्यालय परिषरमा विहिवार आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो ।
न्युटनको बिषयमा जोडिएर भौतिकशास्त्र सिद्धान्तका प्रतिपादकको रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल भएको भन्दै उहाँहरुलाई सम्मानसहित बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल,, विद्यालयका मेनेजिङ्ग डाईरेक्टर प्रकाश भण्डारी, प्रिन्सिपल श्याम देवान राई संचालक च्यावन पोखरेल लगायतले सम्मान पत्र प्रदान गरेर सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले नया खोज तथा अनुसन्धानले देशमा सार्थकता प््रदान गर्ने भन्दै अनुसन्द्धाका लागि सम्मानितद्वयलाई नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सम्मानित व्यक्ति अलि आर एण्ड इण्डभेष्ट म्यान्ट कम्पनीका अध्यक्ष रमेश पोखरेल लगायतले मन्तव्य राखे ।
प्रिन्सिपल श्याम देवान राईलेको अध्यक्षताम सम्पन्न कार्यक्रमको संचालन डाईरेक्टर प्रकाश भण्डारी र स्वागत मन्तव्य विद्यालय संचालक समिति सदस्य विजय तिम्सिनाले गर्नु भएको थियो ।
सिद्धार्थ शिशु सदनद्वारा आरिफ र सापकोटालाई सम्मान

































































































