झापा २ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा पार्टीको निर्देशन विपरित गएका भन्दै ३ जनालाई पार्टीबाट निस्काशन गरेको छ।
झापा निर्वाचन क्षेत्र न. ४ मा पार्टीको निर्देशन अवज्ञा गर्दै उम्मेद्वारी दिने खुस्बु ओली, क्षेत्र नम्बर १ (१) मा आफ्नै उम्मेद्वार सविना बजगाईं विरुद्द उम्मेद्वारी दिने कल्याण खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्काशन गरिएको हो। पार्टी भावना विरुद्ध अनधिकृत गतिविधि गरेको भन्दै कन्काई नगरपालिकाका श्याम ओली निलम्बनमा परेका छन्।
राप्रपाले गर्यो ओली र खड्कालाई निष्कासन

































































































