Homeसमाचारकुनै एउटा पार्टीको होइन म साझा उम्मेद्वार हुँ- राना

कुनै एउटा पार्टीको होइन म साझा उम्मेद्वार हुँ- राना

बिर्तामोड २ कात्तिक । प्रतिगमन विरुद्ध संगठित लोकतान्त्रिक–बाम गठबन्धनका झापा क्षेत्र नं–२ का उम्मेद्वार हरिकुमार रानाले देश र जनताको हित विपरित कहिल्यै काम नगरेको बताउँदै अब पनि जनताको शिर निहुरिने काम कहिल्यै नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं–६ को आयोजनामा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रानाले आफूले एमाले त्यागेको तर अरु कुनै पार्टीमा प्रवेश नगरी साझा उम्मेद्वार रहेको बताउँदै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
यसैगरी झापा क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनालीले आफूलाई अग्रजहरुको आशिर्वाद र युवाहरुको साथ रहने विश्वास ब्यक्त गर्नुभयो । झापा क्षेत्र नं–२ को विकास निर्माण र जनताका समस्याबारे समाधानमा आफू हरप्रहर क्रियाशिल रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीले मुलुकको आवश्यकताका आधारमा अग्रगामी शक्तिहरुबीच गठबन्धन भएको चर्चा गर्दै मुलुकबासीको हित र जनआन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउनु सबैको दायित्व भएको धारणा राख्नुभयो ।
अर्जुनधारा नगरपालिका वडा नं–६ का सभापति नेत्र विमलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिति क्षेत्र नं–२ का सचिव सि.पी. कडरिया, सदस्य तीर्थ सिग्देल लगायतले बोल्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकुनै एउटा पार्टीको होइन म साझा उम्मेद्वार हुँ- राना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img