Homeसमाचारकांग्रेस झापाको कार्यवाहकको जिम्मेवारी केशवलाई

कांग्रेस झापाको कार्यवाहकको जिम्मेवारी केशवलाई

झापा २८ असोज । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले उपसभापति केशवराज पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो । सभापति थेवे झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यबाहक दिइएको हो ।
नेविसंघको १ नं क्षेत्रीय समिति सदस्य भई नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका पाण्डे कनकाई क्याम्पस विर्तामोडको स्ववियु सभापति, नेविसंघको जिल्ला पदाधिकारीको जिम्मेवारी संहालेपश्चात पार्टीको मूल राजनीतिमा क्रियाशिल हुनुभएको हो ।
नेपाली कांग्रेस तत्कालीन ३ नम्बर क्षेत्रीय समितिको सदस्य हुँदै पार्टीको १० औं महाधिवेशनबाट दुई कार्यकाल जिल्ला सदस्य, १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष बन्नुभएका पाण्डे गत मंसिरमा सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट उपसभापतिमा अत्यधिक मतसहित विजयी हुनुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस झापाको कार्यवाहकको जिम्मेवारी केशवलाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img