HomeFeatured 2गठबन्धन दलको जिल्लास्तरीय संयन्त्र गठन

गठबन्धन दलको जिल्लास्तरीय संयन्त्र गठन

विर्तामोड २८ असोज । प्रतिगमन विरुद्ध संघर्षरत गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज (शुक्रबार) सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय संयन्त्र गठन गरेको हो ।
गठित समितिको सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका बेदराज रेग्मी र माओवादी केन्द्रका संयोजक राजु आचार्य अग्नी सचिव रहनुभएको छ ।
समितिका सदस्यहरुमा नेपाली कांग्रेसबाट शेरबहादुर भट्टराई र कृष्ण हुमागाई, माओवादी केन्द्रबाट मोहन टुडु र कुवेर श्रेष्ठ, नेकपा एसबाट सविना भण्डारी र वि.पि. भट्टराई रहनुभएको छ । गठित समितिले जिल्लाका सबै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा आइपर्ने समस्या र विविध विषयमा समन्वय र समस्या समाधानका लागि कार्य गर्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गठबन्धन दलको जिल्लास्तरीय संयन्त्र गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img