सिबसतासी / सिबसतासी नगरपालिका वाडा न १ र २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका देउकुमार थेवे, प्रदेशसभाका उम्मेद्वार झलकसिंह दर्लामीसहितकाे टाेलीले क्षेत्र नं ४ मा चुनावी घर दैलो तथा कोणसभा कार्यक्रम प्रारम्भ गरेका छन ।
प्रारम्भिक चरणमा सिबसतासी नगरपालिका वडा न १ र २ को धरम्पुर, हाईस्कुल , प्रगती , सुक्रबारे चाेक, डाँडागाउ , झुनाबारी , सन्थाल चोक , मंगलबारे बजार , देबदुत , हिमाली चाेक, डुम्नागाउ , माझी गाउँ , प्रबासी टोल लगायतका क्षेत्रमा घर दैलो तथा कोण सभा सम्पन्न गरेका हुन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउकुमार थेबेले एेतिहासिक स्थान धरमपुरलाई आफुले प्राथमिकताका साथ हेरेको बताउनु भयो ।
जनताकाे मत प्राप्त गर्दै जितेपछि आफूले चुनेकाे प्रतिनिधि अर्काे चुनाव आउदामात्रै गाउँ फर्किने गलत परम्परालाई ताेड्दै जनताकाे सुखदुखमा आफू सधैं साथमा रहने बताउँदै भन्नुभयाे- ` मत लिने अनि फर्केर नहेर्ने हाेईन हामी जितेर गएपछि पनि सधै तपाइहरुको साथमा रहन्छाै , तपाइहरुसंग मत लिएर तपाइको सांसद टाढा हुँदै आएको इतिहासलाई बदलेर सधैं जनतासंग जोडिरहने संयन्त्र बनाउछाैं उहाँले थप्नुभयाे-`तपाइको दैनिक जीवनसंग तपाईंकाे अमूल्य मत पाएकाे सांसदलाई सधैं जोडिरहनेछ ।´ आयाेजित सभाहरूमा बोल्दै प्रदेशसभाका उम्मेद्वार झलकसिं दर्लामीले नेकपा एमालेबाट निर्वाचन बर्तमानले बिकास गर्ने मेसो नपाएको आफुले महसुस गरेको बताउनु भयो । आफू कृषि मन्त्री भएकाे छोटो समयमा नै किसानहरुका लागि केही राम्रा कार्य गरेको र ती कार्य सम्पन्न गर्न थप बिकास निर्माण लाई आघाडी बढाउन यो गठबन्दन लाई बिजय गराउन आवहान गर्नुभयो । दर्लामी प्रदेश नं १ का कृषि मन्त्री समेत हुनुहुन्छ ।
कार्यक्रममा नेपाली कांग्रेसका ४ नं. क्षेत्रीय सभापति जयनारायण साह, लखी गणेश, पर्शुराम ढुङ्गाना , भक्ती सिटौला , महेन्द्र भट्टराई लगायत सैयौ नेता कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।
झापा क्षेत्र नं.- ४ मा चुनावी घरदैेलाे शुरू, जनताका सुखदुखमा सधैं संगै रहने उम्मेद्वार थेवेकाे प्रतिवद्वता

































































































