HomeFeatured 2महिलाका समस्या सुन्न महिला नै चाहिन्छ– प्याकुरेल

महिलाका समस्या सुन्न महिला नै चाहिन्छ– प्याकुरेल

भ्रष्टाचार गर्नु, सार्वजनिक सम्पत्तीको दुरुपयोग गर्नु ठूलो पाप हो भन्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका अधिकतम पालिकामा उम्मेद्वारी दर्ता गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा दमक बाहेकका स्थानीय तहमा एकल रुपमा उम्मेद्वारी दिएको राप्रपाले सबै पालिकाका उपप्रमुखमा महिला उम्मेद्वार उभ्याएको छ ।
कतै एमालेसंग त कतै कांग्रेस माओवादीको गठबन्धनसंग तालमेल गरेको राप्रपाले झापाको गौरीगञ्जमा सन्थाल समुदायकी महिलालाई गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वार बनाएको छ । गौरीगञ्ज १ निवासी रानी सोरेनलाई राप्रपाले उपाध्यक्षको उम्मेद्वार बनाएको हो ।
त्यस्तै बिर्तामोडमा पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेललाई उपमेयरको उम्मेद्वार बनाएको छ । उपमेयरकी उम्मेद्वार प्याकुरेल प्रत्यक्ष राजनीतिमा सक्रिय हुनुअघि सामाजिक तथा महिला अधिकारकर्मीका रुपमा परिचित थिइन् ।
ताप्लेजुङको फुङलिङस्थित नाङ्गेमा जन्मिएकी प्याकुरेल यसअघि राष्ट्रियसभा सदस्यकी उम्मेद्वार पनि हुन् । उनले राप्रपाबाट प्रदेश १ मा राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वारी दिएकी उनी २०७४ सालमा विर्तामोड वडा नं. ३ मा वडा महिला सदस्यमा उम्मेद्वारी दिएकी थिइन् । राजनीतिमा स्पष्ट वक्ताका रुपमा आफ्नो पहिचान बनाएकी उनले स्नातकसम्मको अध्ययन गरेकी छन् ।
राष्ट्रियता, स्वाधिनता र मौलिकताको पक्षमा राप्रपा रहेको र हिन्दूधर्म र मूल्य मान्यताको जगेर्ना गर्दै सबै भाषाभाषी, जातजाति, धर्म, लिङ्ग, वर्ण आदिसँग समभावका साथ काम गर्ने नीति रहेका कारणपनि आफूले जित्ने उनको दाबी छ ।
बिर्तामोडमा नै रहेर १५ बर्षसम्म शिक्षणसँगै राजनीति गरेका कारण यहाँको भूगोल, सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक लगायत सम्पूर्ण पक्षको राम्रो जानकारी भएकाले जनप्रतिनिधि हुने अवसर पाएमा समृद्ध बिर्तामोड बनाउनका लागि अहम् भूमिका खेल्न सक्ने उनको धारणा छ ।
विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरेको, विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएको आदि कारणबाट पनि बिर्तामोडका आम मानिसले आफूलाई चिन्ने भएकाले आफूले मत पाउनेमा प्याकुरेल विश्वस्त छिन् ।
आफू बिर्तामोड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएसंगै भष्ट्रचार मुक्त स्थानीय तह निर्माण गर्ने, छिटो छरितो सेवा प्रवाह गर्ने, विपन्नको पहिचान गर्ने र ६ महिना भित्र स्थानीय ऐन निर्माण गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने, हरेक विद्यालयमा ४ दिन पाठ्यक्रम पढाई गर्ने र दुई दिन विद्यार्थीको रुची अनुसारको प्राविधिक ज्ञान सिक्ने अवसर प्रदान गर्ने , जीवनउपयोगी सीप सिक्न प्रेरित गर्ने जस्ता एजेण्डा लिएर उनी चुनावी मैदानमा छिन् । बिर्तामोड नगरपालिका भित्र मुक्ति चौकको वरिपरि सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता उनका योजना रहेका छन् ।
राष्ट्रिय मान्यता प्राप्त दलहरुले दिएका उम्मेद्वार मध्ये विर्तामोड नगरपालिकामा उपमेयरमा महिला एक्ली उम्मेद्वार रहेकी प्याकुरेल निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउने दावी गर्छिन । उनी भन्छिन्–‘उपप्रमुखको सबै भन्दा ठूलो जिम्मेवारी न्यायिक क्षेत्र हो । अझै पनि समाज हिंसामुक्त बन्न सकेको छैन, त्यसमा पनि महिला, बालबालिकाहरु नै बढी हिंसामा पर्ने गरेका छन् । उनले थपिन्–‘न्याय माग्न जाँदा महिलाका कैयौं त्यस्ता मुद्दा हुन्छन् जुन पुरुषलाई भन्न सकिन्न । त्यसले गर्दा पनि महिलालाई उपमेयरमा लैजान जरुरी छ, त्यसकारण पनि निर्वाचन परिणाम मेरो पक्षमा आउँछ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2महिलाका समस्या सुन्न महिला नै चाहिन्छ– प्याकुरेल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img