भद्रपुर । बैशाख ३० गते हुन गईरहेको निर्वाचनलाइ निष्पक्ष, स्वतन्त्र ,स्वस्च्छ र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन नेपाल बार एशोसियसन झापाले सरोकारवाला सबैसंग अपिल गरेको छ ।
एशोसियसन अध्यक्ष हरी अधिकारी र एशोसियसन आबद्ध सार्वजनिक सरोकार समिति संयोजक बसन्त नेपालद्वारा मंगलवार विज्ञप्ति जारी गर्दै संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सम्पन्न हुन लागेको निर्वाचनमा आम मतदाताले भाग लिने हुदा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गराउन अपिल गरिएको हो । सरोकारवाला निकाय नेपाल सरकार , राजनीतिक दल, उम्मेद्वार लगायत सरोकारवाल सबैमा निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न गराउन अपिल गरिएको छ ।
स्थानीय सरकार जति मजबुत हुन सक्छ त्यतिनै लोतन्त्र संस्थागत हुदै जाने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नागरिकको संविधान र कानुन प्रदत अधिकारको कार्यन्वयनले मात्र जनताको समृद्धि संभव हुने उल्लेदख गरिएको छ ।
निर्वाचन निष्पक्ष, स्वतन्त्र, स्वस्च्छ र भयरहित वातावरणमा सम्पन्न गर्न बारको अपिल

































































































