बिर्तामोड २५ बैशाख । बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्वता पत्रलाई अक्षरस पालना गर्ने बताएका छन् ।
नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्वता पत्र हबहु कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले आफ्नो ५ वर्षको कार्यकालमा सशक्त ढंगले प्रतिवद्वता पुरा गर्ने बताउनु भयो । प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटीएको बताउँदै उहाँले एक पटक सबैले पढ्न आग्रहसमेत गर्नु भयो ।
यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा उल्लेख गरिएका योजनाहरु अक्षरस पालना गर्दै कार्यान्वयन गरिने बताउनु भयो । स्वास्थ्य,शिक्षा,कृषि,पशुपंछी,पर्यटन,भौतिक पुर्वाधार,व्यवसाय,खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपुर्ण योजनाहरुलाई प्रतिवद्वता पत्रमा समेटीएको भन्दै उहाँले कार्यान्वयन गरिने बताउनु भयो ।
बिर्तामोडमा गठवन्धन भन्दा बलियो देखिएको नेकपा एमालेका उम्मेदवारहरुले नगरका सबै टोलमा पुगेर यस अघि एमाले सरकारले नगरमा गरेका काम र भावी योजनाका बारेमा जानकारी गराउँदै आएका छन् । नेकपा एमालेले आइतबार वडा नम्बर ८का गरामनी,हर्चना,नेपाल चोक लगायतका स्थानमा कोण सभा सम्पन्न गरेको छ । कोणसभामा एक हजार भन्दा बढीको उपस्थिति रहेको थियो ।
कोणसभामा हाँस्यकलाकार विल्सन विक्रम राईकोसमेत सहभागिता रहेको थियो ।उहाँले विकास र समृद्विको लागि नेकपा एमालेका उम्मेदवारलाई भारीमतले विजयी गराउन सबैसंग आग्रह गर्नु भयो ।
बिर्तामोड ८मा विष्णुप्रसाद भट्टराई वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । वडा नम्बर ८को कोणसभामा एमाले झापा इञ्चार्ज अग्नि खरेल,प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले प्रदेश १ कमिटि इञ्चार्ज देवराज घिमिरे लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिवद्वता पत्र अक्षरस पालना गर्ने प्रतिवद्वता

































































































