HomeFeatured 2‘बिर्तामोडका कुन मेयर/उपमेयरले दलितको घरमा खाना खानु भो ?’

‘बिर्तामोडका कुन मेयर/उपमेयरले दलितको घरमा खाना खानु भो ?’

बिर्तामोड २५ बैशाख । बिर्तामोड नगरपालिकाका गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले उम्मेदवारले गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ । चुनावी अभियानका क्रममा बिर्तामोड–७ को फक्ताङलुङ टोलमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै सिटौलाले जातीय विभेदको अन्त्य प्रतिबद्धतामा नभइ व्यवहारमा गरिनुपर्ने बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिटौलाले दलितहरु माथि भएको विभेदको अन्त्य व्यवहारबाट मात्र सम्भव भएको बताउँदै विभेद मुक्त समाजका भाषण गर्ने वर्तमान मेयर, उपमेयरले कुन दलितको घरमा गएर खाना खानु भो ? भन्दै प्रश्न गर्नुभएको हो । जातीय विभेद बोलेर हैन व्यवहारमा उतारेर मात्र जातीय विभेद अन्त्य सम्भव हुने बताउँदै स्थानीय तहदेखि केन्द्रसम्म दुईतिहाई बहुमतको सरकारले जनतालाई ढाँटेको बताउनु भयो । राजनीतिमा बेइमानी गर्न नहुने भन्दै उम्मेदवार सिटौलाले आफुहरु सदैव इमानको राजनीति गर्ने प्रतिवद्धता जनाउनु भयो ।
शिक्षा, स्वास्थ्य, रोजगार लगायत महत्वपूर्ण बिषयको सवाल रहेकाले स्थानीय निर्वाचन महत्वपूर्ण भएको बताउनु भयो । ‘एकसमय एमालेको तीनै तहको सरकार थियो तरपनि केहि काम गर्न सकेन,’ उहाँले भन्नुभयो, ‘सूर्यमा भोट हाल्नेको मात्र काम भयो, त्यहिपनि सबै सूर्यवालाको होइन, आफ्नो भजन गाउनेको मात्र ।’ सिटौलाले सबै गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गर्दै गठबन्धनको सरकार आए धुलो उडेको बाटो हेरेर बस्नु नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेदवार सिपी कडरियाले आफू जनप्रतिनिधी नहुँदैपनि वडा नं. ७ बंगुरभिट्टामा सिंचाईको व्यवस्था, देउनीया खोलामा तटबन्धसँगै व्युटिफिकेसनको डिपीआर तयार गर्ने लगायत थुप्रै काम गरेको भन्दै जनप्रतिनिधीमा निर्वाचित गराएर थप जिम्मेवारी दिन आग्रह गर्नुभयो । सिताराम टोलमा थप सिँचाई सुविधा पुर्याउने, बुट्टाबारी पकलीभट्टी सडक कालोपत्रे गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद लिम्बूले आफु विभिन्न संघसंस्था तथा सामुदायिक वनको कार्यसमितिमा रहेर काम गरिसकेकाले यहाँको आवश्यकता राम्ररी बुझेको बताउनु भयो । उहाँले आफ्नो उम्मेदवारी एक्लो नभएर सिङ्गो गाउँकै भएकाले आफ्नै दाजुभाई दिदीबहिनी सम्झेर सम्पूर्ण टिमलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । उहाँले सबैलाई पायक पर्ने स्थानमा वडा कार्यालय स्थापना गरी विकास र सेवा प्रवाहमा विभेदरहित वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउनु भयो ।
गठबन्धनका तर्फबाट वडा नम्बर ७ मा वडाध्यक्ष लिम्बु, महिला सदस्य मिठु आचार्य, दलित महिला सदस्य सीता चर्माकार, वडा सदस्यहरु बिरबहादुर लिम्बू (अंगु) र पारसमणी दुलाल चुनावी मैदानमा छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2‘बिर्तामोडका कुन मेयर/उपमेयरले दलितको घरमा खाना खानु भो ?’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img