Homeसमाचारअर्जुनधारामा नेकपा समाजवादी (एस) ले गठबन्धनलाई सघाउने

अर्जुनधारामा नेकपा समाजवादी (एस) ले गठबन्धनलाई सघाउने

अर्जुनधारा २६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई समर्थन गर्ने भएको छ । नगरको नेतृत्वका लागि दर्ता गरेको मनोनयन समेत निर्वाचन कार्यालयले तोकेको समयमा फिर्ता लिएको नेकपा समाजवादीले मतदानको दिन आउन ४ दिन बाँकी रहँदा नगरकमिटीको आधिकारीक धारणा सार्वजनिक गर्दै गठबन्धनलाई सघाउने जनाएको हो ।
अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचेले एक विज्ञप्ति जारी गर्दै एकातिर परिवर्तनका पक्षधर शक्ति र अर्कातिर जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा (संसद) २/२ पटकसम्म विघटन गर्ने प्रतिगामी शक्ति चुनावी प्रतिष्पर्धामा रहेको उल्लेख गर्दै परिवर्तन पक्षधर शक्तिलाई सघाउने जनाउनु भएको हो ।
विज्ञप्तिमा भनिएको छ–‘संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि लोकतान्त्रिक बाम परिवर्तनकारी शक्तिहरु एकजुट हुन आवश्यक छ, त्यसैले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) लगायत स्थानीय स्तरमा सहकार्यमा रहेको राष्ट्रिय जनमुक्त पार्टी समेतका साझा उम्मेद्वारहरुलाई विजयी गराउन हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता, स्थानीय कमिटी, जनवर्गीय संगठन र परिवर्तनकारी आम जनसमुदायमा हार्दिक अनुरोध/अपिल गर्दछौं ।’
गठबन्धन दलका उम्मेद्वारको विजयले प्रतिगामी तत्वलाई घुँडा टेकाउने उल्लेख गर्दै विज्ञप्तिमा संविधान र राज्य व्यवस्था प्रणालीमा प्राप्त उपलब्धीको रक्षा हुने उल्लेख गरिएको छ ।
गठबन्धनका उम्मेद्वारहरुको तत् तत् चुनाव चिन्ह्रमा मतदान गर्न समेत सम्पूर्ण नगरबासी मतदातामा अनुरोध गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधारामा नेकपा समाजवादी (एस) ले गठबन्धनलाई सघाउने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img