Homeसमाचारझापाको विकासमा पर्याय: साह

झापाको विकासमा पर्याय: साह

स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा उम्मेदवारहरू गाउँ–गाउँमा भोट मागिरहेका छन् । भोट माग्दै मतदाताका घर घरमा पुगेर जनताका प्रश्नको सामना गर्दै आफ्ना घोषणा पत्रबारे बुझाईरहेका छन् । विश्वास जित्ने प्रयत्न गरिरहेका छन् । यस अघिका त्यही जिम्मेवारीमा रहेका र पुन अनुमोदन हुन खोजिरहेका धेरै ठाउँका उम्मेद्वारहरूले अप्ठ्यारोको महशुस गरिरहेका छन्– त्यसको एउटै कारण हो अघिल्लो पटक गरिएको प्रतिवद्वता कार्यान्वयन नगर्नु । तर, त्यसको अपवाद बनेका छन् – जयनारायण साह ।
झापा गाउँ पालिकाको ५ वर्षे जिम्मेवारी सम्हालेका साह पुन : एकपटक त्यही पद दोहोर्याउने भएका छन्– त्यसको एउटै मात्र कारण हो आफूले शुरू गरेका गाउको भौतिक विकास, सामाजिक सेवा, प्रशासनिक थिती, लगायतका अधुरा कामलाई पूर्णता दिने ।
जिल्लामा भौतिक विकास, आर्थिक रूपमा विपन्न र पीछडिएको समुदायको बसोबास रहेको झापामा साह जनताको विकास र समृद्धिको जग बसाल्ने पर्याय बनेका छन् । उनी नेतृत्वको झापा गाउँ पालिकाका यसअघिका जनप्रतिनिधिले राम्रो काम गरेकै कारण साह जनचाहना अनुसार नै पुनः गाउँपालिकाको अध्यक्षमा दोहोर्याउन लागेका हुन ।
२०७४ सालमा निर्वाचित भएर आएका साह नेतृत्वको टोलीले समग्र गाउँपालिकाको विकासका लागि निकै प्रभावकारी र आकर्षक काम गरेको स्थानीयको प्रतिक्रिया छ । शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, भौतिक विकास, प्रशासनिक संरचना निर्माण र सेवा प्रवाहमा चुस्तता ज्येष्ठ नागरिक सम्मान, सामाजिक क्षेत्रको सर्वाङ्गिण विकासलाई जनस्तरसम्म पुर्याउन सक्नु नै साहका उपलब्धी हुन् ।
कूल क्षेत्रफल ९४.१२ वर्ग किलोमिटर क्षेत्रफल रहेको झापा गाउँपालिका २०७३ सालमा बनाइएको हो । त्यसबेला संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा साबिकको कुमरखोद, टाघनडुब्बा र शरणामति गाउँ बिकास समितिलाई समायोजन गरी झापा गाउँपालिका बनेको हो । हाल यो गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । पूर्वमा विरिङ र पश्चिममा कनकाई माईजस्ता ठूला ठूला खोलाहरु रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बाह्रदशी पश्चिममा गौरिगंज गाउँपालिका र शिवसताक्षी नगरपालिका तथा उत्तरमा कन्काई नगरपालिका र दक्षिणमा बिहार (भारत) रहेको छ ।
पाँच वर्षको अवधीमा गाउँपालिकामा भएका कामबारे संक्षिप्तमा
शिक्षा : पछिल्लो ५ वर्षमा शिक्षा क्षेत्रमा झापा गाउँपालिकाले फड्को मारेको छ । विपन्न समुदायका छात्राहरु विद्यालय टाढा भएकै कारण प्राथमिक तथा आधारभूत शिक्षा लिएर विद्यालय छोड्ने समस्याको समाधान खोज्यो । १२ कक्षा सम्म छात्राले अनिवार्य रुपमा पढ्नुपर्छ भन्ने मान्यताका साथ गाउँपालिकाले कक्षा ९ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्दै आएको छ । यसले छात्रा ‘ड्रप आउट’ समस्या समाधान भएको विद्यालयका प्रधानअध्यापकहरुले जनाएका छन् । गाउँपालिकाले कक्षा ११ र १२ मा सम्म पूर्ण निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । त्यस्तै पिएचडि गर्ने गाउँपालिकाबासीलाई प्रतिव्यक्ति १ लाख र प्राविधिक शिक्षातर्फ १२ हजार पढाई सहयोग उपलब्ध गराउँदै आएको छ ।
कृषि : गाउँपालिकाको गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणमा जोड दिएको छ । सबै भन्दा बढी मकै तथा धान उत्पादन हुने गाउँपालिकाको वडा नं.–१ र ७ मा मकै जोन घोषणा गरेको छ भने धान खेतिलाई खाद्यान्नको मुख्य स्रोत बनाउने उद्देश्यले धान जोन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । यही प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा कृषि ज्ञान केन्द्रसंग समन्वय गरेर काम गरिरहेको अध्यक्ष साहले बताए । गाउँपालिकाले हाल मकै, धानको बिउमा ५० प्रतिशत छुट लिएको छ ।
विद्युतीकरणः झापा गाउँपालिका देशभरमै उज्यालो गाउँ घोषित हुने पहिलो पालिका हो । गाउँपालिकाका सबै क्षेत्रमा विजुलीवत्ती पुगेको छ भने २० युनिट सम्मको विद्युत महसुल गाउँपालिका आफैंले भुक्तानी गर्दै आएको छ । खेत खेतमा सिंचाई सुविधा पुर्याएको गाउँपालिकाले सिंचाईमा २५ प्रतिशत विद्युत भुक्तानी गाउँपालिकाले तिर्दै आएको छ । आगामी दिनमा प्रति परिवार १०० युनिट विद्युत महशुल गाउँपालिकाले भुक्तानी गर्ने लक्ष्य राखेको छ ।
आवास : गाउँपालिकाले सहकार्यमा विपन्न परिवारका ४०० घर निर्माण गरेर सुरक्षित आवासको व्यवस्था मिलाएको छ भने अझै थपेर एकहजार पुर्याउने तयारी गरेको छ ।
स्वास्थ्य : गुणस्तर स्वास्थ्य सेवाका लागि वडा तहका स्वास्थ्य केन्द्रहरुमा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाएको छ । व्यवस्थित बर्थिङ सेन्टरको व्यवस्था गरेको छ भने, सुत्केरी भत्ता, ३१८ जनाको निःशुल्क स्वास्थ्य बीमा जस्ता कामहरु गरेको छ ।
भौतिक विकास : सबै वडालाई कालोपत्रेले जोड्ने ५ वर्षअघिको प्रतिवद्धता अनुसार ५५ किलोमिटर बाटो कालोपत्रे गरेको गाउँपालिकाले आवत–जावतमै समस्या भोगिरहेका ठाउँमा पक्की पुल निर्माण, कल्भर्ट, बाटो निर्माण गर्नुका साथै झोलुङ्गे पुल समेत बनाएको छ । यसअघि सो क्षेत्रका कतिपय वस्तीमा विरामी हुँदा बाटो अभावकै कारण घरमै ज्यान गुमाउनु पर्ने अवस्था थियो । अहिले उक्त विकराल अवस्थाबाट मुक्त भएका छन् ।
प्रशासन : पालिकाबाट प्रवाह गर्ने सेवा, छिटो, छरितो, चुस्त दुरुस्त हुनुपर्छ भन्ने कुरालाई ह्ृदयङ्गम गरी गाउँपालिकासहित सात वटै वडाको वडा कार्यालय भवन निर्माण सम्पन्न गरी त्यहीबाट सेवा प्रदान गर्दै आएको छ ।
सम्मान : गाउँपालिकाले निश्चित उमेर निर्धारण गरी ज्येष्ठ नागरिकलाई राज्यले दिने सामाजिक सुरक्षा भत्ताका अतिरिक्त सम्मान स्वरुप ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त महिलाहरुको शसक्तिकरण, आय आर्जन, युवा लक्षित रोजगारी सिर्जना लगायतका क्षेत्रमा कामको प्रारम्भ गरेको छ ।
जनताको सेवा, विकास निर्माण, आर्थिक समृद्धि लगायतका क्षेत्रमा तल्लिन साहले प्रशासनिक भौतिक संरचना निर्माण सम्पन्न भएकोले अबको बजेट जनताका लागि परिचालन हुने बताउनु हुन्छ ।
२०७४ को स्थानीय तह निर्वाचन पछि भएको प्रदेश र संघीय संसदको निर्वाचन दुईतिहाई बहुमतका साथ एमालेले जित्यो । गाउँपालिकाको नेतृत्वमा फरक आस्था राख्ने व्यक्ति भएकै कारण साहले प्रदेश र संघबाट जुन किसिमको सहयोग पाउनु पर्ने हो त्यो पाउन सकेनन् । पीछडिएको गाउँपालिको विकास गर्ने कुरामा पनि आस्थाका कारण अन्य पालिकाको तुलनामा संघ र प्रदेशबाट वितरण गरिने विभिन्न किसिमका बजेट, सेवा र सुविधामा समेत विभेद भएको अनुभूति भएपनि साहले गाउँपालिकाको विकासलाई अन्य सामाजिक संघसंस्था, गैरसहकारी संस्थासंगको समन्वयमा काम गरे । यो उनको सफलताको कडी हो भन्दा अन्यथा हुँदैन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाको विकासमा पर्याय: साह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img