Homeसमाचारबिर्तामोडका मेयरका ८ उम्मेद्वार एकै थलोमा, बिर्तामोडलाई फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने...

बिर्तामोडका मेयरका ८ उम्मेद्वार एकै थलोमा, बिर्तामोडलाई फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने उद्घोष

बिर्तामोड २५ बैशाख । बिर्तामोड नगरपालिकाका मेयर पदका उम्मेदवारले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन्। उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागू गर्ने दाबी गरेका छन्।
संवाद समूह झापाले आइतबार विहान बिर्तामोडमा आयोजना गरेको छलफलमा सहभागी उनीहरुले भौतिक पूर्वाधारसंगै सम्भावना बोकेका क्षेत्रको विकास गर्न नसक्दा बिर्तामोडले हासिल गर्नुपर्ने विकासको गति समात्न नसकेको बताए। नेकपा एमालेबाट मेयर पदकी उम्मेदवार पवित्रा महताराले आफ्नो पहिलो योजना बिर्तामोडलाई व्यापारिक र मानवीय दुवै हिसाबले सुरक्षित बनाउनु रहेको बताइन् । उनले बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गरेर व्यापारीलाई निर्धक्क व्यापार व्यवसाय गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन् । नगरपालिकाले कर प्रणालीलाई अझै पूर्णरुपमा व्यवस्थापन गरिनसकेकाले आगामी कार्यकालमा उद्योगी, व्यवसायीको हितमा हुनेगरी कर प्रणालीको व्यवस्थापन गर्ने बताइन । उनले नगरभित्र पर्यटनको सम्भावना बोकेका पोखरी, पार्कलाई व्यवस्थित गरेर पर्यटनबाट आम्दानी, बेरोजगारलाई रोजगारी सिर्जना गर्ने बताइन्। उनले डोमालाल राजवंशी रंगशालालाई बृहत्त रंगशालाको रुपमा विकास गर्ने योजना रहेको सुनाइन ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार भोजराज सिटौलाले बिर्तामोडवासीको जीवनस्तर सुखी बनाउने योजनाहरु लागू गर्ने बताए । उनले गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहु“च र सेवा पुर्याउने बताए । उनले नगरभित्रै निःशुल्क डायलासिसको व्यवस्था मिलाउने बताए । विज्ञ नियुक्त गरेर नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने सिटौलाले बताए । उनले डोमालाल राजवंशी रंगशाला निर्माण गरी बिर्तामोडलाई खेलकुदको क्षेत्रबाट पनि पहिचान बनाउने कार्यक्रम ल्याउने बताए । करको दर पुनरावलोकन गर्ने तथा नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने बताए । उनले कृषि, पर्यटनमा आम्दानीमूलक कार्यक्रम लागू गरेर नगरका प्रत्येक घरमा शुद्धखानेपानीको सुविधा पु¥याउने दाबी गरे ।
राप्रपाबाट मेयर पदका उम्मेदवार ध्रुवकुमार उप्रेतीले आफ्नो मुख्य एजेण्डा बिर्तामोड नगरपालिकालाई वडास्तरसम्मै भ्रष्टाचारमुक्त बनाउने भएको बताए । उनले १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने, सबैको पहु“चमा पुग्नेगरी स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम लागू गर्ने बताए । उप्रेतीले विज्ञसंग सल्लाह गरेर अन्धुवा खोलाको उचित व्यवस्थापन गर्ने तथा व्यापारीलाई करमा छुट, विद्युतमा छुट र ढुवानीमा समेत छुटको व्यवस्था गर्ने बताए । उनले सुत्केरी महिलालाई मासिक तीन हजार तथा सुत्केरी पशुलाई मासिक एक हजार भत्ताको सुविधा समेत दिने बताए ।
जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार उदय गुरुङले बिर्तामोडको फोहोरमैला व्यवस्थापन गर्न त्यति गाह्रो नभएकाले आफू निर्वाचित भए तत्काल उक्त काम गर्ने बताए । उनले बिर्तामोड नगरपालिकाभित्र सबै जातजाति, भाषाभाषीको सहज पहु“च हुने अवस्था सिर्जना गर्ने बताए । सामुदायिक विद्यालयको शिक्षाको अवस्था सुधार गर्ने योजना आफूहरुसंग भएको बताए ।
नेपाल परिवार दलबाट मेयरका उम्मेदवार केदार ढुंगानाले बिर्तामोडलाई आवश्यक विकास निर्माण हुन नसकेकाले आफू उम्मेदवार बनेको बताए । उनले बिर्तामोडको १० वटै वडाको समग्र विकास गर्ने योजनासाथ चुनावी मैदानमा होमिएको बताए ।
आमूल परिवर्तन मसिहा पार्र्टीबाट मेयरका उम्मेदवार मनकुमार खुदाङ लिम्बूले बिर्तामोड व्यापारिक महत्व बोकेको नगर भएकाले व्यापारिक क्षेत्रबाट नमुना सिटीको रुपमा विकास गर्ने योजनासाथ आफू उम्मेदवार बनेको बताए । उनले १२ कक्षासम्मको शिक्षा निशुल्क गर्ने, गरिब जनतालाई सहज र निःशुल्क स्वास्थ्य सेवा पु¥याउने योजना आफूसंग भएको बताए । उनले कृषिथोक बजारलाई आधुनिक बजारका रुपमा विकास गर्ने दाबी गरे । उनले नगरभित्रका साघुरा सडकलाई आगामी ७० वर्षसम्म प्रभावकारी हुनेगरी सडक फराकिलो बनाउने बताए ।
मौलिक जरोकिलो पार्र्टीबाट मेयरका उम्मेदवार प्रज्वल अधिकारी शर्माले बिर्तामोडलाई नगरको अभिभावकीय निकायका रुपमा विकास गर्न आफू उम्मेदवार बनेको बताए । उनले नगरपालिकाको सही व्यवस्थापन हुन नसक्दा नगरभित्रको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायतका सेवाहरु प्रभावकारी र जनमुखी बन्न नसकेको बताए ।
मेयर पदका स्वतन्त्र उम्मेदवार नगेन्द्र अधिकारीले बिर्तामोडमा स्रोत साधन भएर पनि आशातित विकास निर्माणको काम नभएको देखेर आफू उम्मेदवार बनेको बताए । उनले आफू मेयर पदमा निर्वाचित भए सबै पक्ष र क्षेत्रलाई समेटेर बिर्तामोडलाई रुपनान्तरण गरी नमुना बनाउने बताए । उनले बिराटपोखरीलाई ‘सुन पोखरी’ को रुपमा विकास गर्ने बताए ।
साथै मेयरका सबै उम्मेदवारले बैशाख ३० को निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, उत्साहजनक सहभागीतामा सम्पन्न गर्न तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूर्ण पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडका मेयरका ८ उम्मेद्वार एकै थलोमा, बिर्तामोडलाई फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img