सिस्ने १५ बैशाख । गठबन्धन दलको वडा नं. १ कार्यालय उद्घाटन गर्दै प्रमुख पदका प्रत्यासी उम्मेद्वार रञ्जीता कार्कीले विकाससँगसँगै सुशासन समाज निर्माणमा आफ्नो अह्म भूमिका हुने बताउनु भएको छ ।
१४ गतेबाट वडा नं. १ हुँदै चुनाव प्रचारमा निस्किनु भएकी मेयरकी उम्मेद्वार कार्कीले प्रजातान्त्रिक समाजवादभित्र समग्र नेपालीहरुको भावनालाई सम्बोधन गर्न अर्जुनधारा क्षेत्रमा गठबन्धन दर्बिलो रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘जनताले यो पटक नयाँ मान्छे, नयाँ दलबाट हुने काम खोजिरहेका छन् । त्यसैले गठबन्धनमार्फत समावेशी अनुहार यहाँहरु समक्ष आएको छ ।’ सिस्नेमा आयोजित कार्यक्रममा उपप्रमुखका उम्मेद्वार जीतेन योञ्जनले काम गर्ने शैली र उज्यालो नगर बनाउने आधार आफूहरुसंग भएको बताउँदै अमूल्य मत दिएर काम गर्ने अवसर दिन आग्रह गर्नुभयो ।
प्रचार अभियानमा सरिक मदन बुढाथोकीले समावेशी सहअस्तित्व निर्माणमा महिलाहरुको अहम् भूमिका भएको हुँदा जनताको आँगनमा महिला उम्मेद्वार लिएर आएको बताउनु भयो ।
पवित्रस्थल अर्जुनधारा धामबाट अभियान सुरु गरेको गठबन्धनले साधुटार मन्दिरमा पुगेर आशिर्वाद मागेका थिए । गठबन्धन अन्तर्गत रहेका जनमुक्तिका वडा सदस्य अगम येक्तेनले वडा नं. १ का जनताका लागि हाम्रो टिम सेवा गर्न तत्पर रहेको जानकारी गराउँदै उज्यालो वडा निर्माणमा गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा महिला नेतृ सरस्वती गोले, नगर उपसभापति चतुर्भुज काफ्ले, युवा नेता भरत बुढाथोकी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
गठबन्धनको टोली आज विहीबार वडा नं. २ अन्तर्गत घरदैलो अभियानमा जुटेको प्रचार समितिका संयोजक चतुर्भुज काफ्लेले जानकारी दिनुभयो । वडा नं. २ मा भएको घरदैलो अभियानमा पुगेका गठबन्धनका उम्मेद्वारहरुलाई स्थानीय शुभेच्छुकहरुले स्वागत गरेको जनमुक्तिका नेता पदम लिम्बूले जानकारी दिनुभयो ।
स्वागत कार्यक्रममा गठबन्धनका प्रमुख पदका उम्मेद्वार रञ्जीता कार्कीले आफू विजयी भए विकट क्षेत्र अन्तर्गत पर्ने वडा नं. १ र २ लाई छुट्टै स्थान राखी हरेक क्षेत्रमा सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अर्जुनधाराका १ र २ लाई विकट क्षेत्र अन्तर्गत राखेर विकास गर्ने प्रतिवद्धता
