अर्जुनधारा १४ बैशाख। नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम तीब्रता दिएको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य स्वरुप एमालेले अर्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो ।
घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुली, नेकपा एमालेका नगर इन्चार्ज दिपेन्द्र लम्साल, अर्जुनधारा नगरपालिकाका प्रमख हरीकुमार राना लगायतका नेताहरुको सहभगीता छ ।
८ नम्बर वडामा भएको घरदैलोमा एमालेबाट वडाअध्यक्ष पदका उम्मेद्वार कुमारप्रसाद उप्रेतीसहित सदस्य पदका उम्मेद्वारहरु ऋषी प्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइली मेयर उपमेयरका उम्मेद्वारको सहभागीता रहेको थियो ।
त्यस्तै ५ नम्बर वडामा भएको घरदैलोमा मेयर उपमेयरको उम्मेद्वारसहित वडाअध्यक्ष पदका उम्मेद्वार डम्बरकुमार घिमिरे र सदस्य पदका उम्मेद्वारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीसहितको उपस्थिति रहेको थियो ।
एमालेबाट अर्जुनधाराका उम्मेद्वारहरु ः
झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट बलदेव गोम्देन तामाङ, उपप्रमुख पदमा खड्गमाया पराजुली रहेका छन् ।
त्यस्तै अर्जुनधारा १ को वडाअध्यक्षका लागि बिष्णुलाल ढकाल र सदस्यहरुमा मदनकुमार लिमेल, दिनेशकुमार घिमिरे, मुना खत्री र इन्द्र कुमारी विश्वकर्मा रहेका छन्।
त्यस्तै वडा नं. २ को वडाअध्यक्षका लागि तुलसीप्रसाद खतिवडा तथा सदस्यहरुमा बलबहादुर समाल, प्रेम उपरकोटी, शर्मिला सुब्बा र विमला रोक्काको उम्मेद्वारी परेको छ भने वडा नं. ३ को अध्यक्षका लागि हरि बहादुर वाग्ले र सदस्यहरुमा नारायणप्रसाद चापागाई, भन्द्रमाया तामाङ, सुमनकुमारी राई र सितादेवी सार्कीले मनोनयन दर्ता गरेका छन् ।
वडा नं. ४ मा वडाअध्यक्षका उम्मेद्वार एकदेव खनालको नेतृत्वमा सदस्यहरु जितबहादुर लिम्बु, अमृतबहादुर बुढाथोकी, राधिका जवेगु र अस्मिता सार्कीको उम्मेदुवारी परेको छ । यता वडा नं. ५ मा डम्बर कुमार घिमिरेको नेतृत्वमा र सदस्यहरुमा लक्ष्मीप्रसाद खनाल, रोहितकुमार चौधरी, चन्द्रकुमारी तामाङ र रिता नेपालीको उम्मेद्वारी दर्ता भएको छ ।
६ नम्बर वडाध्यक्षका लागि दिवाकरलाल चौधरी र सदस्यहरुमा टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको उम्मेद्वारी पर्दा वडा नं. ७ मा गोविन्दप्रसाद भट्टराईको वडाअध्यक्ष पदमा उम्मेद्वारी परेको छ भने सदस्यहरुमा गोबिन्दप्रसाद खतिवडा, हरीबहादुर कटुवाल, देवकुमार राई, पार्वतादेवी न्यौपाने र जानुका विश्कर्मा उम्मेद्वार बनेका छन् ।
८ नम्बर वडाको वडाअध्यक्ष पदमा कुमारप्रसाद उप्रेतीको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा ऋषीप्रसाद घिमिरे, मनोज कुमार रैका थापा मगर, मन्जु टुडु र सुजता रसाइलीको उम्मेद्वारी दर्ता भएको छ।
९ नम्बर वडाको वडाअध्यक्षमा नरेन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ भने सदस्यहरुमा बुद्धिमान लिम्बु, अम्बर बहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेल वि।क।को उम्मेद्वारी परेको छ ।
वडा नम्बर १० को वडाअध्यक्ष पदमा भुपेन्द्र न्यौपाने र सदस्यहरुमा रुपेश लिम्बु, डम्बर हादुर धौराली, तुलसा बिष्ट महतारा र सिता परियारको उम्मेद्वारी परेको छ । ११ नम्बर वडाको वडाअध्यक्ष पदमा खगेन्द्र इङ्नामको उम्मेद्वारी परेको छ । सदस्यहरुमा एमालेका तर्फबाट पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीको उम्मेद्वारी परेको छ।
प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसहित एमालेले अर्जुनधारा नगरपालिकामा सबै ५७ वटा पदमा उम्मेद्वारी दर्ता गराएको हो ।
अर्जुनधारामा एमालेका ५७ उम्मेद्वार (नामावलीसहित)
