Homeसमाचारअगुवा मारवाडी महिला निर्मला जोशी एमालेमा प्रवेश

अगुवा मारवाडी महिला निर्मला जोशी एमालेमा प्रवेश

इलाम ६ चैत । झापाका अग्रज पत्रकार, अन्वेषक, साहित्यकार स्व. एसएल शर्माकी छोरी निर्मला जोशी नेकपा (एमाले)–मा प्रवेश गरेकी छन् ।
खुला रुपमा कुनै राजनीतिक दलमा नदेखिएकी सामाजिक अभियन्ता, शिक्षासेवी जोशीले आज इलाममा आयोजित नेकपा (एमाले)–को बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका बीच आफूले औपचारिक रुपमा नेकपा (एमाले) रोजेको घोषणा गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोशीलाई टिका–खादा पहिर्याएर पार्टीमा स्वागत गरे । नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष जोशीले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यसहित अघि सारेका कार्ययोजनाहरु मन परेर सो पार्टी रोजेको प्रतिक्रिया दिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअगुवा मारवाडी महिला निर्मला जोशी एमालेमा प्रवेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img