बिर्तामोड ५ चैत । नेपाली काङ्ग्रेस झापा र नेपाल शिक्षक संघबीच छलफल एवं अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस झापाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल शिक्षक सङ झापाका पदाधिकारी, गाउँ- नगरपालिकाका पदाधिकारीहरुको सहभागिता रहेकोे थियोे ।
कार्यक्रमका प्रमुख अतिथी एवं पार्टी सभापति देउकुमार थेबेले निर्वाचन सफल बनाउन शिक्षक सङको भुमिका महत्वपूर्ण हुने बताउदै निस्पक्ष, तटस्थ र भयरहित वातावरणमा निर्वाचन गराउन साथै सम्पुर्ण मतदातालाइ मतदानस्थलसम्म ल्याउने काममा सशक्त भुमिका खेल्न आग्रह गर्नुभयो । साथै लोकतान्त्रिक पद्धतिको सस्थागत बिकासका लागि काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्न सभापति थेबेले आग्रह गर्नुभयो ।
नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा सप्पन्न कार्यक्रममा शिक्षक संघका पदाधिकारी सदस्यहरुले यस अघिको निर्वाचनका अनुभव सुनाएका थिए ।
अन्तरक्रियामा नेपाल शिक्षक युनियनका पुर्ब अध्यक्ष तेजप्रसाद चौलागाईं, शिक्षकहरु रमेश दाहाल, चित्रकला ओली, भवानी लुइँटेल, धर्मनन्द निरौला, हरि राजबन्सी, केशव पौडेल, राजकुमार ठाकुर, लता खरेल, हरि सुबेदी लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सन्चालन कुमार खतिवडाले गर्नुभएको थियो ।
काङ्ग्रेस झापा र नेपाल शिक्षक संघबीच छलफल एवं अन्तरक्रिया

































































































