Homeसमाचारबलात्कारीलाई फाँसीकाे सजाँय माग गर्दै बुहारी आवाजकाे प्रदर्शन

बलात्कारीलाई फाँसीकाे सजाँय माग गर्दै बुहारी आवाजकाे प्रदर्शन

बिर्तामोड ५ चैत । मेचीमहाकाली संयुक्त बुहारी आवाज झापाले बलात्कारीबालाई फाँसीको सजाय कानुनी रुपमै सुर क्षित गर्न माग गर्दै बिर्तामोडमा प्रदर्श न गरेको छ ।
बाल हिसा अन्त्य गर, हत्यारालाइ फाँसी दे, बलात्कारीलाइ फासीको सजाय कानुनमै ब्यवस्था गर, उठ नारी अती भो सही बस्दा क्षति भो, नारी सामान होइन सम्मान हो ,
हिंसा रहित समाज को निर्माण गरौं ,
बालिका बलत्कार गर्ने लाई कि त फाँसी दे कि त उसको लिङ्ग मासी दे लगायतका नारासहित निकालिएको रयालीले बिर्तामोड परिक्रमा गरेको थियो ।
माेरङ्ग जिल्ला सुन्दर हरैचा वडा नम्बर-६ स्थित १८ महिने बालिका मण्डलकाे बलात्कारपछि भएको क्रूर हत्या एवं देशका विभिन्न स्थानमा भएको हिसा र बलात्कारका विरुद्ध बुहारीहरुको समूह सडकमा आएको हो । बालिका मण्डलको केहीदिन अघि बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
मेचीमहाकाली संयुक्त बुहारी आवाजका रयालीमा केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले, झापा अध्यक्ष शिखा खड्का गणेश, उपाध्यक्ष गङा भट्टराई, दमक उपशाखा प्रमुख जमुना निरौला लगायतको नेतृत्व रहेको थियो । रयालीपछी आयोजित कोणसभामा केन्द्रीय उपाध्यक्ष काफ्ले, झापा अध्यक्ष गणेश, अर्जुनधारा- ६ कि जनप्रतिनिधि लक्ष्मी महतारा लगायतले बोल्दै महिला हिसा अन्त्य गरेर सभ्य समाजको निर्माणमा जोड दिएको कोषध्यक्ष परु सुबेदीले जानकारी दिनुभयो । लगभग तीनसय बढी महिलाको सहभागिता रहेको कार्यक्रमको सन्चालन सचिब कबिता थापाले गर्नुभएको सहसचिव अम्बिका दाहाल गिरीले जानकारी दिनुभयो ।
हिसामुक्त समाजको मुल नारासहित विभिन्न सामाजिक काम गरिरहेको मेचीमहाकाली संयुक्त बुहारी आवाजको मेतृत्व यमु शर्मा सुब्बाले गरिरहनुभएको छ भने सस्थामा १० हजार बढी महिलाहरु आबद्द छ्न ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबलात्कारीलाई फाँसीकाे सजाँय माग गर्दै बुहारी आवाजकाे प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img