‘यत्र नार्यस्तु पुज्यन्ते रवन्ते तत्र देवता’ जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन ।
मनुको यो वाणी जहाँपनि जहिलेपनि अहिले पनि सान्दर्भिक छ । हाम्रो परम्परा संस्कृतिले महिलालाई महत्वपूर्ण स्थान दिएको इतिहासबाट प्रष्ट हुन्छ । इ. सा. पूर्व ३०० भन्दा पहिला महिला र पुरुषमा समानता थियो । सन १८०० देखि महिला र पुरुष मा भेदभाव बढ्दै गयो । नेपालमा वैदिक, दैविक, लिच्छवी ,र मल्ल कालको पूर्वाधमा महिलाको स्थान उँचो थियो । शक्ति, धन ,विद्या को समस्या पर्दा महिला भगवान हरुकै आराधना गरी समस्या समाधान गरेका कथा हरु पाइन्छन। दुर्गा , लक्ष्मी, सरस्वती, गार्गी, मैत्रेयी ,मायावती विजयावती ,राजल्त देवी ,राजेन्द्र लक्षमी हरुले आफ्नो शक्तिको राम्ररी सदुपयोग गरे । पछि आएर क्षेत्रगत रुपया महिला पुरुषमा भेदभाव वढ्दै गयो
# सामाजिक क्षेत्र
विभिन्न किसिमका अनमेल नीति निर्माण जस्तै बालबिवाह अनमेल बहु विवाह साटे बिवाह करकाप बिवाह विभिन्न प्रथाहरू बोक्सी विधवा, कम्लरी , वैकल्या , झुमा, देउकी, तिलक दाइजो , छाउपडी कुमारी आदि धेरैयस्ता कुप्रथाले महिलालाई मात्र आक्रान्त पार्यो । यसको मुख्य कारण अशिक्षा, अन्धविशवास, गरिबी नै हुन। महिलाहरुलाई आफ्नो कर्तव्य र अधिकारको जानकारी नहुनु पनि हो।
आर्थिक क्षेत्र
विश्व जनसख्या को ५० प्रतिशत महिलाहरुले प्रतिनिधित्व गर्दछन । सम्पूर्ण श्रम समयको दुई तिहाई काम सम्पन्न गर्दछन तर विश्व आयको थोरै भागमात्र प्राप्त गर्दछन। महिला भएकै कारण ज्यालामा विभेद गरिन्छ। आफ्नै विवेकले कामगर्न अवसर पनि छैन महिला लाई त्यसैले प्रतिफल थोरै हात लागी हुन्छ । महिलाहरू लाई वेश्यावृत्तिमा लगाई लाम अरुले उठाएका छन।
शैक्षिक क्षेत्र
शिक्षा नै विकासको आधारशिला हो । शिक्षाको अवसर पाउनु उसको जन्मसिद्ध अधिकार हो तर अभिभावक ले नै आफ्ना सन्तानलाई विभेद राखेर छोरा विद्यालय, छोरी घाँस दाउरा चुलो भने। संभ्रान्त भनाउदा परिवारले स्वतन्त्रताको नाममा सिमा भन्दा बाहिर छाडा छोडेका पनि पाइन्छ जस्ले गर्दा महिला दुर्व्यसनीको संख्या बढ्दैछ । आर्थिक विपन्नता पनि अशिक्षाको एउटा कारण हो
राजनीति क्षेत्र
संविधानमा नै महिला उत्थान तथा समानताको प्रष्ट व्याख्या नहुनु र राजनीति चेतना दिने व्यवस्था नहुन । रोजगारी तथा अन्य प्रलोभन देखाइन्छ तर सुविधा दिने बेलामा छुट्याइन्छ । भाषणमा मात्र समावेसी हुनु तर व्यवहारमा संकुचन छ । हाम्रो देशमा मात्र होइन विश्वभरी यस्ता पक्षपात पूर्ण व्यवहार छन । यस्ता व्यवहार हटाउन संयुक्त राष्ट्रसंघले धेरै प्रयास गर्दै आयो।
सन १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भएपछि मौलिक अधिकारप्रति प्रतिवद्धता जनाउँदै महिला र पुरुषका अधिकार समान मानियो र महिलाका लागी स्थायी आयोग गठन भयो ।
सन १९८४ मा प्राचीन कानुन संस्कार हटाउन माग भयो फलस्वरूप आर्थिक सामाजिक सांस्कृतिक राजनितिक र नागरिक अधिकारको हक महिलामा रह्यो । सन १९७५ मा मेक्सीकोमा भएको प्रथम महिला सममेलन लाई अन्तराष्ट्रिय महिला समेलन घोषित गरियो । डेनमार्कको कोपनहेगनमा दोस्रो सम्मेलन गरियो । त्यसपछि केन्याको नैरोवी र चीनका वेइजिङ मा पनि महिला सम्मेल न गरियो ।
यसभन्दा अधि नै १७ औं सताब्दी तीरनै फ्रान्सबाट महिला आन्दोलन शुरू भइसकेको थियो । विभिन अधिकारको माग गर्दै विभिन्न चरण पार गर्दै विश्व भरिका महिलाको नेतृत्व गर्दै सन १९११ मा ‘क्लारा जेट्किन’ले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन आग्रह गरिन । त्यसैदिनबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन शुरु गरियो।
A nation is not Free unless its women are Free! भन्ने नाराका साथ साहसी महिला मार्च ८ मनाउन सफल भए । २०४६ को क्रान्तिपछि मात्र नेपालमा स्वतन्त्र रूपले यो दिवस मनाइयो । २०६२–०६३ को आन्दोलन पछि यसले बृहत रुप लियो । खास गरी महिलाको ३३ प्रतिशत सहभागिताका पक्षमा मुद्दा बन्यो । २०६४ को संविधान सभाको चुनावमा प्रतिस्पर्धा तथा मनोनित गरि १९५ जना महिला चुनिए यो ठूला उपलब्धी हो । त्यसपछि राज्यका प्रमुख निकायहरु राष्ट्रपति प्रधानन्यायाधिस, सभामुख पनि महिला नै भए ।
यत्रो धेरै उपलब्धी पाएका हामीले महिला दिवस अब अन्तर्राष्ट्रिय महिला दिवसका साथै राष्ट्रिय महिला दिवस पनि मनाउनु पर्छ । यो कुराको सुनुवाई हुनुपर्छ । जब नेपाली महिलाहरुले मताधिकार पाए यसै दिनको निक्र्याैल गरि नेपाली महिला राष्ट्रिय दिवस मनाऔ । यसो भनिरहँदा ३६४ दिन पुरुषको १ दिन मात्र महिलाको भन्ने चै बझ्नु हुँदैन । रथका दुई पाङ्ग्राले समान रूपले तानेको रथ नै गन्तव्यमा अवश्य पुग्दछ । अरु पनि यस्ता धेरै नारीका कथा र ब्यथा धेरै छन । योगमायाको योगदानको कुराको उल्लेख गरी साध्य छैन । तत्कालीन समयकी एक बिद्रोही नारी कुरिती अन्धबिश्वास तोड्दै राणाको ज्यादतिको घोर भत्सर्ना गरि अन्त्यमा समाधी लिइन । उनका अनुयायी पनि धेरै थिए ।
अन्त्यमा । एकेनैव सुपुत्रेण सिंही स्वपिति निर्भय
सहैव दशमीस्पुत्रैमारं बहति गर्दनी ।।
जय महिला दिवस ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस

































































































