बिर्तामोड २४ फागुन । समृद्ध नेपाल निर्माणका लागि स्थानिय तहको प्रमुख पदमा महिलाहरुको सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ अखिल नेपाल महिला संघ विर्तामोड नगर कमिटीले ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
अखिल नेपाल महिला संघ विर्तामोड नगर कमिटीकी अध्यक्ष् भागिरथा घिमिरेको अध्यक्षता तथा नेकपा एमाले स्थाई कमिटी सदस्य तथा १ नं. प्रदेश इन्चार्ज देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घिमिरे, बिर्तामोड वडा नं. ९ का वडाध्यक्ष पवित्रा पाठक, बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा जनसांस्कृतिक मञ्च बिर्तामोड नगर अध्यक्ष हेमा भण्डारीको नेतृत्वमा रहेको सांस्कृतिक समूहले विभिन्न चेतनामुलक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
श्रमिक महिला दिवसमा सांस्कृतिक कार्यक्रम

































































































