बिर्तामोड २४ फागुन । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पारेर महिला उद्यमी संघ नेपालले व्यवसाय प्रवद्र्धन तथा बजारीकरण विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
विभिन्न व्यवसायमा आवद्ध महिलाहरुको सहभागिता रहेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा दृढ इच्छाशक्ति र संकल्प भए संसारमा संभावना र अवसर धेरै रहेको बताइएको थियो ।
व्यवसायिक सफलताका लागि आफूमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन, रिसोर्सको पहिचान, निरन्तरता र विश्वासका साथ अघि बढे उत्पादन र व्यवसायिकरण गर्न नसकेर निराश हुनुनपर्ने कुरामा जोड दिइएको थियो ।
संस्थाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता र शिक्षा तथा सामाजिक अभियान्ता मिरा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले महिलाहरुले असल छोरी बुहारी हुनुका साथै सफल व्यवसायी बन्न आग्रह गर्नुभयो । मेहनत गरे प्राकृतिक कुरा बाहेक अन्य कुरामा असंभव केही पनि नहुनेतर्फ संकेत गर्दै प्रधानले सफल व्यवसायी बनेर भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्न सहभागीहरुलाई शुभेच्छा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष शुशिला संग्रौला लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव शर्मिला अधिकारी र स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा चापागाँईले गर्नुभएको थियो भने संस्थापक अध्यक्ष गोमा भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो ।
व्यवसाय प्रवद्र्धन र बजारीकरणको तरिकाबारे सम्बन्धित रहेर प्रशिक्षक सन्तोष घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

































































































