विर्तामोड । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विर्तामोडले झापाबाट केन्द्रिय तथा प्रदेश कमिटीमा निर्वाचितहरुलाई सम्मान गरेको छ।
विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता तथा मुना केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत पुस २९गते पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर केन्द्रिय सचिवमा निर्वाचित झापा विर्तामोडकी धनु कन्दङ्वालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश–१ का सचिव, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश–१ अध्यक्ष आशाकुमारी लिम्बू, प्रदेश–१ सदस्य गंगा चर्मकार, दमक नगर कमिटीका अध्यक्ष रिना धतानी, सूर्यनगर सचिव सुष्मा प्रधान लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सचिवलाई सम्मान

































































































