HomeFeatured 2गठबन्धनले उठाएका उम्मेद्वारसंग एमालेका उम्मेद्वारको तुलना हुनै सक्दैन: राई

गठबन्धनले उठाएका उम्मेद्वारसंग एमालेका उम्मेद्वारको तुलना हुनै सक्दैन: राई

उदयपुर ४ माघ । जसपाका बरिष्ठ नेता अशोक राईले पाँचदलीय गठबन्धनले योग्य उम्मेद्वार राष्ट्रियसभा सदस्यमा उठाएको दावी गर्दै एमालेका उम्मेद्वारहरुको उनीहरुसँग तुलना नै हुन नसक्ने बताउनुभएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा उदयपुरमा आयोजित गठबन्दन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता राईले के.पी. ओलीको सर्वसत्ताबादी सोच अन्त्यका लागि गठबन्दनका सबै उम्मेद्वारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
‘के.पी. ओलीमा म नै राज्य हुँ भन्ने घमण्ड रहेको छ’ भन्दै नेता राईले ओली प्रवृत्तिले ७० बर्षदेखिको उपलब्धीलाई समाप्त पार्न लागेकाले गठबन्दनको जन्म भएको बताउनुभयो । प्रतिगामी ओली गुटको जालझेल र षडयन्त्रलाई चिर्दै लोकतन्त्र र संविधान जोगाउन सर्वसत्ताबादीको पराजय आवश्यक रहेको दोहो¥याउनुभयो ।
राष्ट्रियसभाका उम्मेद्वारहरु गोपालकुमार बस्नेत, हेमराज राइ र जयन्ती रार्ईले मन्तब्य राख्दै लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिदै संविधानलाई ट्रयाकमा ल्याउन पनि गठबन्दन उम्मेद्वारको विजय आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति बलदेव चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादीका राजन किरातीलगायतले मन्तब्य राख्नुभएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन भीमचन्द्र राइले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गठबन्धनले उठाएका उम्मेद्वारसंग एमालेका उम्मेद्वारको तुलना हुनै सक्दैन: राई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img