Homeसमाचारराष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनका उम्मेद्वारद्वारा मतदाता भेटघाट तीब्र

राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनका उम्मेद्वारद्वारा मतदाता भेटघाट तीब्र

विर्तामोड ४ माघ । आगामी माघ १२ गते हुने राष्ट्रियसभामा सत्ता साझेदार गठबन्दन दलका उम्मेद्वारहरुसँगको अन्तरक्रिया एवं कार्यकर्ता भेटघाटलाई प्रदेश नं–१ मा तीब्र बनाइएको छ ।
यसैक्रममा मंगलबार उदयपुरमा नेपाली कांग्रेस उदयपुर क्षेत्र नं–१ का पार्टीकर्ताहरुसँगको भेटघाट सम्पन्न भएको छ । गठनबन्दन दलका उम्मेद्वारहरुको पक्षमा परिणाम निकाल्न नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापा, राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेतसहितको टोलीले अभियानकै रुपमा भेटघाट र अन्तरक्रियालाई निरन्तरता दिएको हो । यसैक्रममा मंगलबार उदयपुरमा नेपाली कांग्रेस क्षेत्र नं–१ का कार्यकर्तासँग भेटघाट एवं अन्तरक्रिया तथा गठबन्दन दलका नेता–कार्यकर्तासँग छलफल र प्रदेश नं–१ का मुख्यमन्त्री राजेन्द्र राईसँगको भेटघाट सम्पन्न भएको छ ।
उदयपुरमा सम्पन्न कांग्रेस कार्यकर्ताहरुसँगको भेटघाटलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका १ नं प्रदेश सभापति उद्वव थापाले ओली प्रवृत्ति एवं उनका निरंकुश कदमको अन्त्यका लागि गठबन्दन दलका नेता–कार्यकर्ताहरुलाई मैत्रीपूर्ण ब्यवहारका साथ प्रस्तुत हुन आह्वान गर्नुभयो ।
आफ्ना मतदातालाई सुरक्षित राखेर मतदानस्थलसम्म पु¥याउनु गठबन्दन दलका नेता–कार्यकर्ताको प्राथमिक कर्तब्य हुने बताउँदै नेता थापाले पार्टीभित्र विभेद र निषेधको राजनीति अन्त्य गरेर एकताबद्ध रुपमा चुनावी मैदानमा उत्रनुपर्नेमा जोड दिनुभयो ।
पाँचदलीय गठबन्दन राष्ट्रिय आवश्यकता भएको बताउँदै उहाँले गठबन्दन नबनेको भए संविधान र लोकतन्त्र नै समाप्त भइसक्ने खतरा थियो भन्नुभयो ।
राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेतले अबका निर्वाचनमा कांग्रेसको जितबाट मात्रै देशको हित हुने धारणा राख्नुभयो ।
उदयपुर क्षेत्र नं–१ का सभापति खगेन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा सभापति देउकुमार थेवेलगायतले मन्तब्य राख्नुभएको झापा सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
सरोज बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सन्तोष कोइरालाले गर्नुभएको थियो । सत्ता साझेदार पाँचदलीय गठबन्दनका तर्फबाट प्रदेश नं–१ अन्तरगत झापाका गोपालकुमार बस्नेत, जयन्ती राई र हेमराज राई उम्मेद्वार छन् ।
राष्ट्रियसभा सदस्यका लागि हुने मतदानमा पालिकातहका अध्यक्ष÷उपाध्यक्ष, मेयर÷उपमेयर, प्रदेश सांसद र प्रदेश नं–१ का संघीय सांसदले मत दिन पाउने कानुनी ब्यवस्था छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनका उम्मेद्वारद्वारा मतदाता भेटघाट तीब्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img