भद्रपुर ९ पुस । लेखनाथ पुस्तकालय चन्द्रगढी झापाले शुक्रवारे कार्यक्रम अन्र्तगत ३ वटा कृतिहरुको एक साथ लोकार्पण गरेको छ । पुस्तकालयको सभाहल चन्द्रगढीमा शुक्रबार आयोजित कार्यक्रमका बीच होम सुवेदीद्वारा लिखित ‘नाग शया निवन्ध, प्रा .डा. केआर खम्बुको यात्रा संस्मरण ‘हिडाई र भोगाई’ तथा हरीप्रसाद न्यौपानेद्वार लिखित सामाजिक काब्य ‘रित्तिएका आँसु’ नामक छुटाछुटै कृति हरुको लोकार्पण गरिएको हो ।
कृतिहरुको प्रमुख अतिथि बरिष्ठ साहित्यकार चुडामणी रेग्मी, पुण्यप्रसाद खरेल लगायतका अतिथिहरुले सामुहिक रुपमा लोकार्पण गरेका थिए । नवराज घिमिरेको अध्यक्षता तथा देवीचरण भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुस्तकहरुको क्रमश ः चुडामण्ी बशिष्ठ ,डा. ठाकुरप्रसाद पोखरेल, जीवनाथ सुवेदीले समिक्षा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रेग्मी ,पुण्यप्रसाद खरेल, पे्रमप्रसाद फलाहारी, गंगाप्रसाद अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रमको स्वागत आरती पोखरेलले गर्नु भएको थियो ।
लेखनाथ पुस्तकालयमा एकसाथ तीन कृतिको लोकार्पण बोल्ने
