भद्रपुर ९ पुस । सिभिल बैंक भद्रपुर शाखाको ११ औ बार्षिक उत्सवको सन्दर्भ पारेर सामुदायिक विद्यालयमा अध्यानरत गरीब तथा जेहेन्दार छात्रालाई छात्राबृति प्रदान गरेको छ । भद्रपुर माविको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा दयाकुमारी राजबंशीलाई छात्रबृत्ति स्वरुप नगद ५ हजार प्रदान गरेको हो ।
बैंकका कर्मचारी सुगम भुजेल, घनश्याम गिरी लगायतका कर्मचारीहरुले विद्यालय पुगेर प्रधानयाध्यापक कुलबहादुर गुरुङ्ग सहितका शिक्षक तथा विद्यार्थीहरुको रोहबरमा छात्राबृति प्रदान गरिएको थियो । बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत सो छात्राबृत्ति प्रदान गरिएको बैकका कर्मचारी बिकाश बुढाथोकीले बताउनु भयो ।
बैंकको स्थापना दिवसका अवस्सरमा छात्रबृत्ति

































































































