Homeसमाचारसडक सुशासन कायम गराउन झापामा पुस ४ देखि ट्राफिक सप्ताह

सडक सुशासन कायम गराउन झापामा पुस ४ देखि ट्राफिक सप्ताह

झापा २ पुस । सवारी दुर्घटना न्यूनीकरण गर्न र सडक सुशासन कायम गराउन झापामा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पुस ४ गतेबाट जिल्लाका बिभिन्न स्थानमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना मूलक कार्यक्रम गर्न लागेको हो । विशेष गरी पुस र माघ महिनामा बिहान बेलुका बाक्लो हुस्से लाग्ने र सवारी सञ्चालनमा कठिनाई हुने हुँदा सडक सुशासन र दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो ।
१ नम्वर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय बिराटनगर र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम १ नम्वर प्रदेश भरी नै सञ्चालन भइरहेको र झापामा पनि सोही ट्राफिक सचेतना अभियान गर्न लागिएको प्रहरी निरीक्षक चापागाईले जानकारी दिनुभयो । चापागाईका अनुसार ट्राफिक सप्ताहको उद्घाटन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले गर्नु हुने छ । बिर्तामोडमा आयोजित समारोहको उद्घाटन अघि सचेतना ¥याली सहित प्रभातफेरि गरिने छ भने सडक सुशासन सम्वन्धि अभिमुखीकरणसमेत हुनेछ ।
कार्यक्रममा जिल्लाभर रहेका विभिन्न सामाजिक संघ संस्था, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवस्था कार्यालय मेची, निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाज, वुद्धिजीवी सहभागी रहेछन् । कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतमा रहेका युनिटले मुख्य चौकहरुमा ५/५ जना विद्यार्थी, २/२ जना स्काउट स्वयमसेवक तथा २/२ जना ट्राफिक प्रहरी बसेर सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने र उनीहरुलाई सम्झाउने, स्थानीय तह, सरोकारबाला निकाय, संघ संस्थासंग समन्वय तथा सहकार्य गरी प्रमुख लोकमार्ग, सहायक मार्ग तथा फुटपाथमा हुने अब्यवस्थित पार्किङ अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री हटाइनेछ ।
स्मूल तथा कलेजका वसको समेत अनुगमन, भाडाका सवारीको अनुगमन तथा कागजात,सवारीको अवस्था, गति, पोषाकको प्रयोग, क्षमता तथा ओभरट्याक सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिनेछ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक र सवारीलाई कानूनी कारवाहरी गर्दै गल्ती नदोहो¥याउन सुझाव दिइने छ । सार्वजनिक यात्रुवसमा सवारी साधनहरुमा डस्विन, ज्येष्ठ नागरिक, महिला तथा अशत्तता भएकाहरुलाई आरक्षित सिटको प्रयोग भए नभएको समेत ट्राफिक सप्ताह अवधिभरि हेर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक चापागाईले बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसडक सुशासन कायम गराउन झापामा पुस ४ देखि ट्राफिक सप्ताह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img