विर्तामोड १ पुस । अन्र्तदेशिय मानव बेचविखन रोकथामका लागि संभावित मानव बेचबिलखनको पहिचान र सिफारिस सम्बन्धि २ दिने कार्यशाला गोष्ठी आजदेखि विर्तामोडमा शुरु भएको छ ।
शक्ति समूह नेपालद्वारा आयोजित कार्यक्रममा अन्र्तदेशिय मानव बेचविखन र कोभिड १९ ले पार्न सक्ने प्रभाव र समाधानको उपाय खोज्ने उद्देश्यले आयोजित गोष्ठीको सहजीकरण अधिवक्ता दिलिप सापकोटाले गर्नुभएको बताइएको छ ।
विशेष गरी सिमा नाकालाई लक्षित गरी आयोजना गरिएको गोष्ठीमा मेचीनगर नगरपालिकाका जनप्रतिनिधी सरोकारवाला सामाजिक संघ संस्थाका अगुवा तथा प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधीसहित ३५ जना बढीको सहभागिता रहेको आयोजक संस्थाका संयोजक मिरा भट्टराइले जानकारी दिनुभयो ।
संभावित मानव बेचबिलखनको पहिचान र सिफारिस सम्बन्धि कार्यशाला

































































































