Homeमहिलाबुहारी आवाजद्वारा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा सहयोग

बुहारी आवाजद्वारा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा सहयोग

अर्जुनधारा १ पुस । मेचीमहाकाली बुहारी संयुक्त आवाजका सस्थापक अध्यक्ष यमु शर्मा सुब्बाको बैबाहिक बर्षगाँठको अवसर पारेर जिल्ला शाखा झापाले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा– ६ मा १५ हजार मूल्य बराबरको उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
संस्थापक अध्यक्ष शर्मा र कार्यसमिती एवं सामाजिक ब्यक्तित्वहरुको सहयोगमा केन्द्रमा आश्रित बालबालिकाका लागि अत्यावश्यक खाध्यान्न र गैर खाध्य सामग्री हस्तान्तरण गरिएको झापा अध्यक्ष शिखा खड्का गणेशले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रमको आवश्यकता अनुसार तरकारी, चिनी, दाल, तेल, साबुन, हर्पिक, मास्क लगायतका सामग्री प्रदान गरिएको हो ।


संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले केन्द्रका संचालक कृष्ण दङाललाइ उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष गणेशले जानकारी दिनुभयो ।
झापा जिल्ला कार्यसमितिका उपाध्यक्ष गंगा भट्टराई, सचिब कविता थापा, सहसचिब अम्बिका दाहाल गिरी, कोषाध्यक्ष परु सुबेदी, सदस्यहरु निलम प्रसाईं, कमला भट्टराई, सिमा तिवारी अधिकारी, लगायतको सहभागिता रहेको कार्यक्रमको सन्चालन झापा अध्यक्ष गणेशले गर्नुभएको थियोे । संस्थाको सहयोगप्रती केन्द्रका संचालक कृष्ण दङालले आभार तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियोे । केन्द्रमा हाल १२ जना अपांग बालबालिका रहेका छ्न ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाबुहारी आवाजद्वारा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img