Homeसमाचाररामजानकी कृषि सहकारीलाई बचत तथा ऋणमा रुपान्तरण गर्ने

रामजानकी कृषि सहकारीलाई बचत तथा ऋणमा रुपान्तरण गर्ने

बिर्तामोड २९ मंसीर । विर्तामोडमा मुख्य कार्यालय रहेको रामजानकी कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभाबाट उद्देश्यमा परिमार्जन गर्ने निर्णय गरेको छ ।
संस्थाको १३ औं वार्षिक साधारणसभाबाट कृषि सहकारीको उद्देश्य परिमार्जन गरी बचत तथा ऋण सहकारी संस्थामा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रदेश–१ स्थित सहकारी रजिष्टार कार्यालयले अनुगमनका समयमा ३ वटा विकल्प सहित दिएको सुझाव अनुसार उद्देष्य परिमार्जन गरिएको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । रजिष्टार कार्यालयले झापाका रामजानकीसहित अन्य केही सहकारीलाई उद्देश्य परिमार्जन गर्ने, वर्तमानको उद्देश्य अनुसारका क्षेत्रमा लगानी बढाउने, वा मर्जको सिष्टममा जाने यी तीनमध्ये एक रोज्न सुझाव दिएको थियो । सोही अनुसार रामजानकीले साधारणसभाले उद्देश्य परिवर्तन गरी बचत तथा ऋण सहकारी संस्था बनाउने प्रस्ताव पारित गरेको हो
साधारणसभाले रामजानकी कृषि सहकारी संस्थाको उद्देश्यलाई परिमार्जन गर्दै रामजानकी बचत तथा ऋण सहकारी संस्था बनाउन सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरेको हो ।
संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले गरेका बार्षिक गतिविधि समेटिएको संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले आव २०७७÷०७८ मा अघिल्लो वर्षको तुलनामा २९.३१ प्रतिशतले शेयर पूँजीमा बृद्धि गर्दै १ करोड ५७ लाख ९९ हजार ८ सय रुपैयाँ पुर्याएको छ । सोही अवधीमा २०.८४ प्रशितले शेयर सदस्यमा बृद्धि गर्दै ६ हजार २ सय ७० जना पुर्याएको रामजानकीले यो अवधीमा १४ करोड ९१ लाख १५ हजार १५ रुपैयाँ बढी निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५८.३१ प्रतिशतले बढी रहेको संस्थाको साधारणसभामा वितरित बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यही अवधीमा १५ करोड, ७६ लाख २६ हजार ४ सय ४८ रुपैयाँ ऋण लगानी गरेको संस्थाले एक वर्षको अवधीमा २५ लाख ३१ हजार २ सय ९२ रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रशाद चापागाँई, पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शुक्रराज भण्डारीले सञ्चालन तथा भीम थापाले स्वागत गरेको कार्यक्रममा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले लेखा प्रतिवेदन तथा कोषाध्यक्ष जीवन सुवेदीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।
२०६५ सालमा २९ जना सदस्यको सक्रियतामा १ लाख ४१ हजार शेयर पूँजीसहित स्थापना भएको रामजानकीले हाल जिल्लाका विभिन्न सात स्थानमा सेवा केन्द्र मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररामजानकी कृषि सहकारीलाई बचत तथा ऋणमा रुपान्तरण गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img