HomeFeatured 2स्वरोजगारको खुदुनावारी र सुरुङ्गा सेवा केन्द्रमा सभा सम्पन्न

स्वरोजगारको खुदुनावारी र सुरुङ्गा सेवा केन्द्रमा सभा सम्पन्न

खुदुनावारी २९ मंसीर । १४ औं बार्षिक सधारणसभा अन्तरगत केन्द्रगत साधारणसभालाई तीब्रता दिंदै आएको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधाराको खुदुनावारी र कनकाई नगरपालिकामा अवस्थित सुरुङ्गा सेवा केन्द्रमा केन्द्रगत साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका १४ औं बार्षिक साधारणसभा तथा दोस्रो एकीकरण सभा अन्तरगत खुदुनावारी सेवा केन्द्रमा होमनाथ दुलालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।


त्यसैगरी सुरुङ्गा सेवा केन्द्रमा आयोजित केन्द्रगत साधारणसभा गोपाल प्रसाईको अध्यक्षता तथा कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थामा आवद्ध ज्येष्ठ सदस्य, असल ऋणी, असल बचतकर्ता, एकल महिला तथा उत्कृष्ट बाल बचतकर्तालाई सम्मान गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा गरेको संस्थागत गतिविधि समेटिएको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष केशव बस्नेतले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन मनोज भट्टराईले गर्नुभएको विभागीय प्रमुख रुपन चाम्लिङ्गले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्वरोजगारको खुदुनावारी र सुरुङ्गा सेवा केन्द्रमा सभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img