बिर्तामोड २८ मंसीर । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अर्जुन गिरीलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी,उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पुरी, सहसचिवमा मिलन गिरी र कोषाधयक्षमा खड्गराज गिरी चयन भएका छन् ।
समितिको सदस्यमा गोविन्द विक्रम गिरी, घनश्याम गिरी, धनवहादुर पुरी, राजन गिरी, रणवहादुर गिरी, खेमराज गिरी, विश्वनाथ गिरी, सम्झना पुरी र पद्मादेवी पुरी(पुनम) रहेका छन् ।
त्यसैगरी अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा गोविन्दबिक्रम गिरी, चन्द्रप्रसाद गिरी, पदमवहादुर पुरी (प्रकाश), बालकृष्ण गिरी, पार्वता गिरी, सन्तोष गिरी, एकराज गिरी, नरनाथ गिरी, उमेश भारती, केदार गिरी र शंकर गिरी रहेका छन् ।
नगरको कोषका लागि नरनाथ गिरी ५० हजार, पदमवहादुर पुरी २६ हजार, बालकृष्ण गिरी २५ हजार, शंकर गिरी २५ हजार, सन्तोष गिरी २५ हजार, चन्द्रप्रसाद–शारदा गिरी २५ हजार, गोविन्द गिरी ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
समितिका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको अधिवेशन नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्यमा भएको थियो ।
अधिवेशनमा दशनामी समाजका प्रदेश १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, समाजका झापा अध्यक्ष खिलबहादुर गिरी राजु, वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरी, नेपाल दशनामी समाज भवन निर्माण समिति संयोजक केदार गिरी, नरनाथ गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समाजका नगर उपाध्यक्ष जानुका गिरीले स्वागत गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरीले अतिथि सत्कार गरेका थिए भने सञ्चालन उद्धव पुरीले गरेका थिए ।
नेपाल दशनामी समाज बिर्तामोडको अध्यक्षमा पुनः अर्जुन

































































































