Homeसमाचारसंघर्षबाट खारिएका नेता उद्वव थापा, काँग्रेस प्रदेश सभापतिका उम्मेद्वार

संघर्षबाट खारिएका नेता उद्वव थापा, काँग्रेस प्रदेश सभापतिका उम्मेद्वार

बि.सं. २०३४ सालतिर काठमाडौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईवाट राजनैतिक जीवन सुरु गर्नुभएका उद्वव थापा नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नं १ को सभापति पदको शसक्त उम्मेद्वारको रुपमा चुनावी मैदानमा खडा हुनुभएको छ । २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्था विरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागी बहुदलको प्रचार अभियानमा सक्रिय उद्वव थापा त्यसताका विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहनुभएको थियो ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा लाग्नुभएका थापाले प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली काँग्रेस अर्जुनधारा गाउँसमितिको सचिव/सभापतिको एक/एक कार्यकाल जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका थापाले दुइपटक संसद्को टिकट पाउनु भयो । हरेक चुनावमा नेपाली काँग्रेसको भारी मत वढाउन सफल रहेपनि जितको परिणाम भने हात पर्न सकेन ।


१३औ महाधिवेशन पश्चात
नेपाली काँग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर जिल्ला व्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यवहारिक राजनीतिका योजनाकार पनि हुनुहुन्छ । पाँच “ब” को नीति अन्तरगत विचारमा काँग्रेस, व्यवहारमा काँग्रेस, व्यवसायमा काँग्रेस, विकासमा काँग्रेस र विपदमा काँग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याईसहित थापाकै अगुवाइमा जिल्ला व्यापी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिएका थिए । साथमा नेपाली काँग्रेसको सिद्वान्त, नीति ,विचार कार्यक्रम, इतिहास र विधानका बिष्यमा समेत थापाकै अगुवाइमा प्रशिषण कार्यक्रमहरु चलाइए । बि.सं. २०६१ माग १९ मा तत्कलीन राजा ज्ञानेन्द्रले शाही “कू’ मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि राजाको प्रजातन्त्र अपहरण गर्नें कार्यको कडा रुपमा विरोध जनाउदै आन्दोलन सञ्चालन गर्दा तत्कालीन शाही नेपाली सेनाको मातहातमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकको बंङ्करमा कठोर, अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।
वाणिज्य शास्त्रमा स्नातक गर्नुभएका थापाले एक स्पष्टवादी, निडर, कायकर्ताको पीर मर्का बुझ्न र सहयोग गर्नसक्ने, कार्यकर्तालाई माया र न्याय गर्नसक्ने विवेकशिल नेताको छवि निर्माण गर्नुभएको छ । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पाटी संगठनलाई विस्तार गर्न थापाले कठोर मेहेनत गर्नुभएको छ ।
प्रजातान्त्रिक आन्दोलन र संगठन विस्तारका क्रममा संघर्षको मैदानबाट खारिएर अब्वल विकास गर्नुभएका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आउनुभएको छ । नेपाली काँग्रेसभित्र सवै जाति, भाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्नुहुने उद्वव थापा नेविसंघ इकाई हुदै काँग्रेस पार्टीको तल्लो इकाई समितिवाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको बर्तमान अवस्थामा आफुलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीको रुपमा चर्चित हुनुहुन्छ । १४ औ महाधिवेशनमा आइपुग्दा १ नम्बर प्रदेश सभापतिको उम्मेदवार बन्नुभएका थापाले विभिन्न पदमा रहेर पार्टीको नेतृत्व गरिरहँदा आफुलाइ हरेक क्षणमा सहयोग गर्ने सबै नेता कार्यकर्ताहरुप्रति आभार ब्यक्त गर्दै १ नम्बर प्रदेशका नेता कार्यकर्तासँग पार्टीको नेतृत्व गर्ने अवसर दिन अपिल पनि गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंघर्षबाट खारिएका नेता उद्वव थापा, काँग्रेस प्रदेश सभापतिका उम्मेद्वार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img