Homeखेलकमल गाउँपालिका प्रथम उपाध्यक्ष कपः अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपः अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा

कमल १५ मंसीर । कमल गाउँपालिकामा जारी प्रथम उपाध्यक्ष कपको अन्तिम चारमा कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिका प्रवेश गरेका छन् ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको बुधबार (आज) सम्पन्न दोस्रो राउण्ड खेलबाट कनकाई, बाह्रदशी, भद्रपुर र झापाले अन्तिम चारमा आफूलाई सुरक्षित गरेका हुन् ।
आज भएको पहिलो खेलमा कन्काई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच कन्काईका जर्सी नं. ८ का रोहित विक घोषित भए । उनलाई नगद सहित मेडल प्रदान गरिएको थियो ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई २ सुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा आफुलाई सुरक्षित गरेको छ। खेलको म्यान अफ दि म्याच भद्रपुरका अभि राजवंशी भएका थिए ।
मंगलबार भएको पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेको विर्तामोड नगरपालिका भने पराजित भएका छन् । झापा गाउँपालिकासँग २–१ को सेटमा पराजित भएका छन् । जितसँगै झापा गाउँपालिका अन्तिम चारमा प्रवेश गरेको छ । दुईबीच भएको खेलमा म्यान अफ दि म्याच झापा गाउँपालिकाका रोहित सिवाकोले प्राप्त गरेका थिए ।
अन्तिम चार अन्तर्गतको भोलिको खेल बाह्रदशी नगरपालिका र कन्काई नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल भद्रपुर नगरपालिका र झापा गाउँपालिका बीच हुने आयोजक समितिले जनाएको छ । दुबै खेलबाट विजेता टोलीले फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगितामा प्रदेश नं. १ का एम्पायर रोशन दाहाल, मेचीनगरका संजय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असिम राईले एम्पायरको भुमिका निर्वाह गरिरहेका छन् ।
केरखा खेल मैदानमा भइरहेको प्रतियोगिताको भोलीको पहिलो सेमिफाइनल खेल बिहान ८ बजे देखि हुनेछ भने प्रतियोगिताको फाइनल खेल दिनको १ बजे हुने आयोजक समितिका अध्यक्ष चर्तुभुज सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सुदिप राईले बताउनु भयो ।
समितिका सहसंयोजक तेजकुमार राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलकमल गाउँपालिका प्रथम उपाध्यक्ष कपः अन्तिम चारमा कन्काई, बाह्रदशी, भद्रपुर र झापा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img