HomeFeatured 2सिम्रिक साकोसको ११ औं बार्षिक साधारण सभा अन्तरगत सेवा केन्द्रगत सभा शुरु

सिम्रिक साकोसको ११ औं बार्षिक साधारण सभा अन्तरगत सेवा केन्द्रगत सभा शुरु

बिर्तामोड । झापाको बिर्तामोड –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा संस्थाको संशोधित विनियम २०७७ को परिच्छेद (६) को दफा २९ को उपदफा ४ बमोजिम सेवा केन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
संस्थाले मंसीर १४ गतेदेखि १९ गतेसम्म सेवा केन्द्रगत रुपमा साधारणसभा गरी संस्थाका अध्यक्ष सुवास भट्टराईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, सचिव इन्द्रबहादुर कार्कीद्वारा प्रस्तुत संस्थागत नीतिनियम सम्वन्धी प्रतिवेदन, कोषाध्यक्ष मेहरमान विष्टद्वारा प्रस्तुत अनुमानित बजेट तथा कार्यक्रम सम्वन्धी प्रतिवेदन र लेखासमिति संयोजक रमेशकुमार अधिकारीद्वारा प्रस्तुत लेखासमितिको प्रतिवेदन र अन्य संस्थाका विविध कार्यबारे छलफल तथा अनुमोदन गरी एकीकृत निर्णय प्रमाणितका लागि आगामी मंसीर २५ गते माइन्युट प्रमाणित साधारणसभा गरिने कार्यकारी प्रमुख बस्नेतले बताउनु भयो ।
यसैबीच मंगलबार झापाको मेचीनगर, भृकुटी, धुलाबारी , दुहागढी, बुधबारे र बिर्तामोड सेवाकेन्द्रमा साधारण सभा गरिएको छ ।
संस्थाका कोषाध्यक्ष मेहरमान विष्टको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा बिर्तामोड सेवाकेन्द्रको साधारण सभामा बिर्तामोड सेवाकेन्द्र प्रमुख रमेश खनालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मेहरमान विष्टले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको शेयर सदस्य ३७ हजार पाँच सय ६६ जना, शेयर पूँजी २४ करोड ६६ लाख २१ हजार आठ सय रुपैयाँ , वचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार तीन सय ९१ रुपैयाँ , त्यस्तै, संस्थाको कर्जा लगानीमा रहीरहेको रकम एक अर्व ५५ करोड १० लाख २८ हजार आठ सय ५८ रुपैयाँ ,जगेडा तथा कोषमा १२ करोड ६४ लाख ९७ हजार छ सय १८ रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, संस्थाले २२ करोड दुई लाख २५ हजार पाँच सय ७२ रुपैयाँ आम्दानी गरेकोमा १९ करोड ५४ लाख १३ हजार पाँच सय ७२ रुपैयाँ खर्च गरी दुई करोड ४८ लाख ११ हजार नौ सय ७९ रुपैयाँ नाफा कमाएको संस्थाको वासलात एक अर्व ८४ करोड ७७ लाख ६३ हजार दुई सय ६९ रुपैयाँ ७० पैसा रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी संस्थाले एक करोड ३६ लाख ७३ हजार पाँच सय ५२ रुपैयाँ राहत सुविधा वापत शेयर सदस्यहरुलाई उपलव्ध गराएको उल्लेख छ । जसअनुसार शेयर सदस्यहरुलाई उपचार खर्च वापत ४७ लाख पाँच हजार सात सय ६७ रुपैयाँ , मृत्यु भएका सदस्यको कर्जा मिनाह वापत ५५ लाख १६ हजार एक सय ६६ रुपैयाँ , काजकिरिया तथा मानो चामल खर्च वापत छ लाख आठ हजार एक सय ६५ रुपैयाँ , पर्व तथा सुत्केरी स्वास्थ्य सुविधा वापत २६ लाख ८१ हजार चार सय ५४ रुपैयाँ र चन्दा दान वापत एक लाख ६२ हजार रुपैयाँ प्रदान गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको हाल झापामा २४ वटा, मोरङमा चार वटा र इलाममा पाँचवटा गरी ३३ वटा सेवाकेन्द्रबाट सदस्यलाई सेवा दिँदै आएकोमा आगामी वर्षमा ११ वटा सेवाकेन्द्र थप गरिने वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न रेमिट्यान्स सेवा उपलव्ध गराउँदै आएको संस्थाले प्राणघातक रोगमा दिइने राहत रकम एक लाख पुर्याउने, विभिन्न किसिमको जटिल एवम् सामान्य प्रकृतिको शल्यक्रिया खर्च राहत सुविधा रकम ५० हजार पुर्याउने, वेड भर्ना भइ वसेको दिन र शेयर खरिदको आधारमा विरामीलाई ५० हजार दिइने, तालिम, भ्रमण, निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने लगायतका कार्यक्रम आगामी वर्षमा गरिने वार्षिक प्रतिवेदनमा उल्लेख छ । बिर्तामोडमा भएको कार्यक्रमको सञ्चालन संस्थाका जनशक्ति व्यवस्थापन विभाग प्रमुख मिनबहादुर अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिम्रिक साकोसको ११ औं बार्षिक साधारण सभा अन्तरगत सेवा केन्द्रगत सभा शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img