Homeसमाचारसकियो एमालेको महाधिवेशन, ओलीको रोजाईमा परेका सबै विजयी

सकियो एमालेको महाधिवेशन, ओलीको रोजाईमा परेका सबै विजयी

झापा १४ मंसीर । नेकपा एमालेको १० औं महाधिवेशन नयाँ नेतृत्व चयनसंगै सकिएको छ । महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । ओलीले १ हजार ८ सय ४० मत प्राप्त गर्दै पार्टी अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्बाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल निर्वाचित हुँदा घनश्याम भूषाल पराजित भएका छन् । उपाध्यक्षमा निर्वाचन शाक्यले १९७६, पाण्डेले १९२५, नेम्बाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत प्राप्त गर्दा पराजित भूषालले ७२५ मत प्राप्त गर्नुभएको थियो ।
अधिवेशनबाट उपाध्यक्ष र सचिवमा एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका सबै विजयी हुनुभएको छ । सचिवमा ओलीले प्रस्ताव गरेका गोकर्ण विष्ट, रघुवीर महासेठ, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी हुँदा ओलीको सूचीमा नपरेका भीम आचार्य र टंक कार्की पराजित हुनुभएको छ ।
यसअधि बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र बिष्णु रिमाल निर्विरोध निर्वाचित हुनु भएको थियो । महाधिवेशनले केन्द्रीय कमिटीमा १९ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसकियो एमालेको महाधिवेशन, ओलीको रोजाईमा परेका सबै विजयी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img